२०८२ कार्तिक २२ गते शनिवार

सल्यानमा दुई छोरीको हत्या आरोपमा आमा पक्राउ


सल्यान,पुस २४ । सल्यानमा आफ्नै दुई छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्।

बनगाड कुपिण्डे नगरपालिका–११ बस्ने २६ वर्षीया पूर्णिमा रानामगरले आफ्नै ३ वर्षीया छोरी करिष्मा रानामगर र ६ महिनाकी छोरी राघवी रानामगरको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीले बताए।

उनले श्रीमानसँग झगडा हुँदा रिसको झोंकमा बच्चाहरूलाई मारेको बयानमा भनेकी छन्।

उनका श्रीमान कामको शिलशिलामा नुवाकोटमा छन्।

बुधबार बिहान साढे १० बजेतिर उनले श्रीमानसँग फोनमा कुरा गरेकी थिइन्। त्यही क्रममा उनीहरूबीच झगडा भएको उनले बताइन्।

बिहान घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

उनका श्रीमान नुवाकोटबाट आउँदै गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *