२०८२ असार २७ गते शनिवार

लुम्बिनी प्रदेशको सडक गुरुयोजना अन्तिम चरणमा


दाङ,पुस २३ । लुम्बिनी प्रदेश सरकारको प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

गुरुयोजनालाई अब प्रदेशसभाका सबै सदस्यहरुसँग अन्तिम पटक छलफल गरी मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको छ ।

प्रदेशसभाका ८७ जना सदस्यहरुकै अपनत्व हुनेगरी गुरुयोजनालाई अन्तिम रुप दिने तयारी भइरहेको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले जानकारी दिए ।

‘गुरुयोजनाले प्रदेशभित्र रहेका सडकको पहिचानसँगै निर्माण, मर्मत र रेखदेखमा टेवा पुग्ने छ’ मन्त्री ढकालले भन्नुभयो ‘दातृ निकायलाई लगानी गर्न समेत सहज हुनेछ ।’

लुम्बिनी प्रदेशमा रहेका जम्मा ३ सय ८९ सडक मध्ये ३१ वटा सडकलाई प्रदेशको मातहतमा राखिएको छ ।

प्रदेश गौरवको आयोजनामा पर्ने पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोट जोड्ने सडकनै प्रदेशको सबैभन्दा ठूलो सडक बनेको छ । उक्त सडक १ सय ९६ किलोमिटर लामो रहेको छ ।

सडक निर्माण, मर्मत सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न लुम्बिनी प्रदेश सरकारले २०७७ मा ऐन ल्याएको थियो ।

सो ऐनलाई कार्यान्वयन गर्ने गरी अहिले प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजना निर्माण गर्न लागेको हो ।

प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *