
तुलसीपुर,पुस २१ । दाङको तुलसीपुरबाट संचालन हुँदै आएको फरककोण अनलाइनमा कार्यारत यमकला भुसाल सम्मानित भएकी छन ।
क्लबले आइतबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा नगद सहित प्रमाणपत्रले सम्मान गरेको हो । भुसाललाई रिपोटर्स क्लब दाङमा स्थापना भएको दुर्गा/मोता लामिछाने स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको क्लबका अध्यक्ष शरद रेग्मीले बताए।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने र दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सम्पादक जिएमलाई संयुक्तरुपमा पुरस्कार प्रदान गरेका हुन ।
क्लबले रेडियो हाम्रो पहुँचका समाचार सम्पादक जीतसागर जी.एम., प्रदेश कुरा अनलाइनका उमा भण्डारीलाई पनि सम्मान गरेको छ ।
यस्तै ज्ञानज्योति फाउण्डेशनका सिइओ सुरेन्द्र जिसी, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसीलाई पनि सम्मान गरेको हो ।
साथै क्लबले नेपाल पत्रकार महासंघ दाङका नयाँ पदाधिकारीलाई पनि सम्मान गरेको छ ।
