२०८२ कार्तिक २९ गते शनिवार

अँग्रेजी नयाँ बर्ष सन २०२५ सुरु

दाङ, पुस १७ । अँग्रेजी नयाँ बर्ष सन २०२५ आजदेखि सुरु भएको छ ।

ग्रेगोरियन पात्रो अनुसार इस्वी संवत २०२५ सुरू भएको छ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको मान्दै आइएको छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएको हुँदा यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भन्ने गरिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए।

नेपालमा इस्वी संवत प्रचलनमा छैन । तर, नेपाल भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्दै आएका छन् । बिगत केही वर्ष यता नेपालका विभिन्न स्थानमा अँग्रेजी नयाँ बर्षको स्वागतमा ‘न्यू इयर इभ’ जस्ता कार्यक्रमहरु हुँदै आएका छन् ।

खासगरि विदेशी पर्यटकको उपस्थिति रहने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा कार्यक्रहरु हुने गरेका छन् । दाङका केही होटेल सञ्चालकहरुले पनि ‘न्यू इयर इभ’ मनाएका छन् ।

तुलसीपुर र घोराहीमा पनि केही होटेल सञ्चालकहरुले अँग्रेजी नयाँ बर्षको अवशरमा बिषेश सांगेतिक कार्यक्रमहरु आयोजना गरेका थिए ।

आजै नेपालमा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवसपनि मनाउने गरिन्छ ।
जागरुक युवा अभियान नेपालको आयोजनामा ‘नेपाली टोपी हाम्रो पहिचान’ भन्ने नाराका साथ दिवस मनाउन थालिएको छ ।

दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
ती पोशाक नेपाली पहिचानका रुपमा स्थापित छन् ।

प्रकाशित मिति : २०८१ पुष १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *