तुलसीपुर,पुस ९ । तुलसीपुर बजारबाट ठुलो मात्रामा म्याद गुज्रेका खाद्य सामग्रीहरु बरामद गरि नस्ट गरिएको छ ।
सोमबार तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको अगुवाईमा पुगेको टोलिले बजारका विभिन्न पसलहरुबाट म्याद गुज्रेका खाद्य सामग्रीहरु बरामद गरि नस्ट गरिएको हो ।
अनुगमनका क्रममा एक किराना पसल बाट ६० किलो चियापत्ती,१६ वटा फेन्टा बरामद गरिएको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले जानकारी दिइन ।
उनका अनुसार केही होटेलहरुबाट अत्याधिक रङ मिसावट गरिएको लड्डु बरामद गरिएको थियो ।
होटेलका भान्सामा खाद्य स्वच्छता र सरसफाइमा ध्यान दिनुपर्ने ,खानेकुरा राख्दा पत्रिका प्रयोग नगर्न,अत्याधिक रङ प्रयोग नगर्न आग्रह गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक बिबेक कुमार सुवेदीले जानकारी दिए ।
अनुगमनका क्रममा ब्यवसायीहरुलाई समय -समय सामानहरुको डेट चेकजाँच गर्नुपर्न,नवीकरण गर्न र उपभोक्ताहरुलाई सामान खरिद गर्दा सचेत भएर किनमेल गर्न अनुरोध गरिएको छ ।