२०८२ कार्तिक २९ गते शनिवार

मोटरसाइकल दुर्घटनाका घाइते युवक रोल्पाका खत्रीको मृत्यु

तुलसीपुर, पुस ८ । दाङको तुलसीपुरमा भएको मोटरसाइकल दुर्घटनाका घाइते मध्य एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।


रोल्पाको परिवर्तन गाउँपालिका–२ का ३१ बर्षीय दिलप्रसाद खत्रीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा राति १० बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए । खत्री मोटरसाइकलको पछाडि सवार थिए ।

मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका–११ का ३१ बर्षीय पंकज खत्रीको अवस्थापनि गम्भीर छ । उनको पनि कोहलपुरमा उपचार जारी छ ।

तुलसीपुरबाट जसपुरतर्फ जादैं गरेको रा ३ प ६४९३ नम्बरको मोटरसाइकल तुलसीपुर–१२ टरिगाँउ एयरपोर्ट नजिकै सोमबार दिउँसो करिब ४ बजेतिर अनियन्त्रित भइ दुर्घटनामा परेको थियो ।


दुर्घटना लगतै घाइते दुबै जनालाई उद्धार गरि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । त्यहाँ उपचार संभव नभएपछि थप उपचारका लागि साढे ६ बजेतिर नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको थियो ।

प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *