२०८२ असार ३० गते मङ्गलवार

रोल्पामा छोराको चिर्पट प्रहारबाट बुवाको मृत्यु


रोल्पा,पुस ५ । रोल्पामा छोराले दाउराको चिर्पट प्रहार गरी बुवाको हत्या गरेका छन ।

जिल्लाको सुनछहरी गाउँपालिका वडा नं २ जाजाधारा का ३६ बर्षका नन्द सिंह परियारलाई उनकै १८ बर्षिय छोरा समिर परियारले दाउराको चिर्पट प्रहार गरी हत्या गरेका हुन् ।

पुष ३ गते बेलुका ६ बजेको समयमा घरायसी विवादका कारण चिर्पट प्रहार गर्दा बुवाको टाउकोमा चोट लागेकोमा पुष ४ गते बिहान आफ्नै घरमा मृत्यु भएको प्रहरी चौकी गामले जानकारी दिएको छ ।

बिहिवार बिहान स्थानीयले घटनाको बारेमा प्रहरीलाई जानकारी दिएपछि प्रहरी चौकी गामबाट प्रहरी सहायक निरिक्षक प्रकाश बिष्टको कमान्डमा गएको प्रहरीको टोलीले चिर्पट प्रहार गर्ने छोरा समिर परियारलाई घरबाट नै नियन्त्रमा लिएको थियो ।

परियारलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुलिचौरमा राखिएको छ ।

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *