तुलसीपुर, पुस १ । गाडा, ठेलामा चटपटेदेखि अण्डाका परिकार मात्रै हैन पानीपुरी चाट, बदामको कारोबार हुँदै आएको नौंलो बषय होइन । ब्यबसायिक रुपमा समुदायले नै ‘स्ट्रिड फूड’ आयोजना भने पहिलो पटक तुलसीपुरका नेवार समुदायले नै आयोजना गरेको मान्नु पर्छ ।
नेवार समुदायमा आवद्ध दुई सय २८ जना समुदायले आइतबारदेखि तुलसीपुर उपमहानगरपालिका अगाडि सुरु गरेको ‘नेवाः खाना महोत्सव’ सडक किनारमै आयोजना गरिएको छ ।
बास्तबमा यो नै तुलसीपुरको पहिलो र आधिकारिक ‘स्ट्रिड फूड’ हो । कारण यो भन्दा पहिला कहिलै यही तरिकाको सडक महोत्सव कुनै एउटा समुदायले आयोजना गरेको रेकर्ड तुलसीपुरमा छैन ।
नेवार समुदायका मानिसहरुले आफ्नो कला, संस्कार र खाना संस्कृति सबै माझ पु¥याउने उदेश्यले आयोजना गरेको तीन दिने महोत्सव दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुन्छ । महोत्सवमा पहिलो दिन आइतबार मात्रै एक लाख २० हजार बराबरको कारोबार भएको नेवाः राष्ट्रिय मञ्च तुलसीपुरका अध्यक्ष शिवप्रसाद श्रेष्ठले फरककोणलाई बताए ।
सोमबार बेलुका हामी पुग्दा महोत्सवमा ग्राहकको बाक्लो भिडभाड थियो । त्यो बेला अध्यक्ष श्रेष्ठले आइतबारको भन्दा सोमबार झनै राम्रो कारोबार भएपनि हिसाब हुन बाँकी रहेको प्रतिक्रिया दिएका थिए । ‘ आज त हिजोको भन्दा राम्रो ब्यापार भएको छ,’ उनले भने ‘ तर, हामी सबै ब्यस्त छौं, केही बेरमा हिसाव हुने छ ।’
नेवार समुदायले बिधिबत रुपमा आयोजना गरेको नेवारी खाना खाजाको महोत्सवको कारण के हो ? अध्यक्ष – श्रेष्ठका अनुसार त्यसको प्रमुख उदेश्य नेवारी खाद्य संस्कार, कला संस्कृतिको पहिचान पछिल्लो पुस्तालाई बुझाउने उदेश्यले आयोजना गरिएको हो ।
उनका अनुसार नेवार समुदायकै नयाँ पुस्ताहरु पनि आज उनीहरुका परम्परागत परिकार बारा, चटामरी, योः मरी जस्ता परिकार के हुन ? भन्ने कुरा थाहाँ पाउँदैनन् । ‘ आफ्नै समुदायका युवा पुस्तादेखि अन्य समुदायका युवा पुस्ताहरुलाई पनि नेवारी खाद्य संस्कार , कला र संस्कृतिबारे जानकारी दिनु हाम्रो प्रमुख उेदश्य हो,’ अध्यक्ष श्रेष्ठले भने । महोत्सवमा झन्डै दुई दर्जन प्रकारका नेवार समुदायका परिकारहरु खान पाइन्छ ।
ती परिकार बनाउन १२ जना निपुन नेवारी महिलाहरु खटिएका छन् । जस्ले युवा पुस्तालाई ती परिकार कसरी बनाउने भनेर सार्वजनिक रुपमा सिकाउँदै छन् । मंगलबार समापन हुने महोत्सवले तुलसीपुरमा रैथाने खाजा खानाको मागको उजागर मात्रै गरेको छैन , अफ टाइममा हुने ‘स्ट्रिट फूड’को आवश्यकता पनि उजागर गरेको छ ।
महोत्सवको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले गरेका थिए । उनले स्थानीय सरकारले पालिकाभित्रका विभिन्न समुदायका खानाका परिकारहरुको प्रचार प्रसार र प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका थिए ।
नेवा ः राष्ट्रिय मञ्च तुलसीपुरले आयोजना गरेको ‘नेवाः खाना महोत्सव’ ले जंक फूडको प्रयोग न्यूनीकरणका लागि महोत्सव महत्वपूर्ण साबित हुने बताएका थिए । उनले महोत्सवमा राखिने परिकार मुनाफाका लागि नभइ कला संस्कृति र स्वास्थ्यका दृष्टिकोणले पनि उचित भए मात्रै त्यसको महत्व समाजमा बढ्ने बताएका थिए ।
महोत्सवमा यःमरी चाकु, यःमरी खुवा, बारा, चुकौनी, चना, बोडी, चटामरी, सेल, माछा र नेवारले उत्पादन गर्ने मदिराका परिकारहरु पनि राखिएका छन् ।




सबै तस्बिर – शरद रेग्मी ।