दाङ, मंसिर २९ । ठूलो पर्दाको चलचित्र ‘कर्मा’को दाङमा शुभमोहर्त गरिएको छ ।
चार करोड जतिको लगानीमा निर्माण हुन थालेको चलचित्र कर्माको शुक्रबार दाङको घोराहीस्थित विश्वकै अग्लो त्रिशुल रहेको धारापानी मन्दिरमा एक समारोहका बीच शुभमोहर्त गरिएको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका – ६ घर भइ अमेरिका बस्दै आएका वशन्त लम्साल चलचित्रका प्रोडुसर हुन । लामिछानेले एकल लगानीमा चलचित्र निर्माण गर्न थालेको बताए । लामिछाने पूर्व प्रहरी निरीक्षक हुन ।
शुभमोहर्त पछि पत्रकारहरु संग कुरा गर्दै युवाहरु बिदेश जाने क्रम नरोकिएको तथा देश खाली हुँदै गएको कुरा आँफुलाई ननिको लागेको बताएका थिए ।
तत्कालिन समयमा नेकपा माओबादीको द्धन्द्धले देश आक्रान्त बनेको असहज परिस्थितमा माइती घरका आफन्त एक जनाको हत्या पछि आँफु जागिर छोडेर अमेरिका अध्यनका लागि गएको र उतै बस्न थालेको लामिछानेले बताएका थिए । पछिल्लो समय उनले आँफुले अमेरिकामा रेष्टुँरा लगाएका ब्यबसाय गर्दै आएको जानकारी दिए ।
दाङलाई किन चलचित्र छायाँकनका लागि रोज्नु भएको हो ? भन्ने प्रश्नमा उनले –जम्नथलो र देश संगको कनेक्टिभेटी फेरि जोड्न खोजेको रुपमा अथ्र्याएका थिए । लामिछाने गायक पनि हुन । चर्चित गीत – ‘छायाँ बस्ने पिपलुको भूइमा पात झ¥यो, आजपनि दोबाटोमा कुर्दा कुर्दै रात रात प¥यो,’ आँफुले नै गाएको बताए ।
कथा सामजिक परिवेशमा आधारित रहेको निर्माण पक्षले जानकारी दिएको छ । ‘एक जना सामान्ने कर्मसिल मानिसको श्रम र जीवनमा आधारित चलचित्र निर्माण गर्न खोजिएको छ । एउटा सामान्ने मान्छे कतिसम्म मेहनत गर्छ र उस्लाई जिस्काउँदाको परिणाम के हुन सक्छ भन्ने कुराको वरिपरी कथा घुम्छ,’ स्रोतले भन्यो ।
चलचित्रको मूख्य भूमिकामा रहेका विपिन कार्कीले मेहनत गरि आँफुले हालसम्म गरेका मध्य उत्कृष्ट दिन प्रयास गर्ने बताए ।
नायिकका उपसनासिंह ठकुरीले संभव भएसम्म राम्रो गर्ने र कथालाई न्यायदिन प्रयास गर्ने बताएकी थिइन ।
निर्माता टिमले आगामी नयाँ बर्षमा चलचित्र रिलिज गर्ने घोषणा पनि गरेको छ ।
चलचित्र छायाँकनका लागि नायिका उपसनासिंह ठकुरी, मुख्य भूमिकामा रहने विपिन कार्की, मुकुल भुसाल, अनिल बुढाथोकी लगायतका कलाकारहरु दाङमा आएका छन् । उनीहरु झन्डै डेढ महिना बढी दाङमा रहने छन् ।
चलचित्रका छायाँकनको अधिकाँस हिस्सा दाङमै हुने छ । दाङको घोराही, तुलसीपुर, हापुरेसहित रुकुमपश्चिमको बाफिकोट गाउँपालिकामा चलचित्रको छायाँकन ४० देखि ४५ दिनको अवधिमा सक्ने सक्ने उदेश्य लिइएको छ ।
चलचित्र निर्देशक सौरभ चौधरी चलचित्रका निर्देशक हुन । उनले यसअघि चलचित्र ‘अगस्ते’, ‘लभ डायरी’ लगायतका चलचित्रहरुको निर्देशन गरेका थिए ।
निर्देशक चौधरीले कर्मा ‘एक्सन ड्रामा’मा आधारित चलचित्र रहेको बताएका थिए । चलचित्रको कथा अनुरुप आँफु दुई पटक दाङका बिभिन्न ठाउँको अवलोकनमा आएको उनले बताएका थिए । ‘दाङ सुन्दर ठाउँ रहेछ,’ उनले भने ‘कर्माको कथा बस्तु अनुसार हामीले दाङसहित रुकुमको भूगोल छनोट गरेका हौं।’
उनले नेपाली चलचित्रलाई लेबलअप गर्न खोजेको र त्यसको उदाहरण ‘कर्मा’ बन्ने दाबी गरे । नेपाली चलचित्रलाई विश्वस्तरमा तुलना गर्न लायक चलचित्र निर्माण हुने चौधरीले बताए ।

