२०८२ असार २७ गते शनिवार

सार्वजनिक स्थलमा शान्तिनगरले लगायो यस्तो प्रतिबन्ध

तुलसीपुर, मंसिर २० । पश्चिम दाङको शान्तिनगर गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका सबै सार्वजनिक स्थलहरुमा जंक पूmडसहित चुरोट तथा गुट्टा खान प्रतिबन्ध लगाएको छ ।

मंसिर १७ गते गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचनामा अबदेखि पालिका भित्रका सार्वजनिक स्थलहरुमा रक्सी, चुरोट, गुट्का, लागु औषध सेवन तथा जंग फूड प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले १५औं गाउँसभाले पालिका क्षेत्र भित्रका सार्वजनिक स्थलहरु गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र बिद्यालयहरुमा ती बस्तुहरु सेवन तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *