२०८२ मङ्सिर २२ गते सोमवार

जवरजस्ती करणी अभियोगमा प्रहरी हवल्दार चन्दले सफाई पाए

दाङ,असार ४ । करणीको अभियोगमा पक्राउ परेका दाङका एकजना प्रहरी हवल्दारले झन्डै ४ महिना पछि अदालतवाट सफाई पाएका छन् । ईलाका प्रहरी कार्यालय फुलवारी मझघटुवामा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दमाथि स्थानीय एक दलित महिलाई जवरजस्ती करणी गरेको अभियोग लागेको थियो । उक्त अभियोगमा उनी झन्डै ४ महिना बढी प्रहरी हिरासतमा बसेका थिए ।

कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १८ निवासी चन्दले गत फागुन २ गते राति सवा १० बजेतिर घरमा साना बच्चा बच्ची संग बस्दै आएकी एक महिलाई पानी खाने बाहानमा भित्र प्रवेश गरि जवरजस्ती करणी गरेको अभियोग लागेको थियो । घटना लगतै पीडित महिलाले हारगुहार गरेपछि गाउँलेहरुले राति नै प्रहरी हवल्दार चन्दलाई लखेट्दै प्रहरी कार्यालय सम्म पुर्याएको बयान दिएका थिए । त्यसपछि मदिराले मातेका चन्द भागेर ईप्रका भित्र छिरेपछि स्थानीयले जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डेलाई फोन मार्फत घटना अवगत गराएका थिए । लगतै प्रहरी गएर प्रहरी हवल्दार चन्दलाई पक्राउ गरि ईप्रका तुलसीपुरमा ल्याएर थुनेको थियो ।

त्यसपछि हवल्दार चन्दका विरुद्ध विश्वकर्मा थरकी २१ बर्षीया ती पीडित महिलाले ईप्रका तुलसीपुरमा जाहेरी दिएकी थिइन । त्यतिबेला प्रतिक्रिया दिदै पीडित महिलाले मदिराले मातेका हवल्दार चन्दले उनको घरको आसपासमा होहल्ला भएको भन्दै ढोका खोल्न लगाएर जवरजस्ती करणी गरेका थिए । त्यतिबेला पीडित महिलाले आफ्ना पति रोजगारीको् लागि छिमेकी देश भारतमा भएको बताएकी थिइन ।

त्यसपछि जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डे र ईप्रका तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाही लगाएका प्रहरी अधिकारी फूलवारी गाउँमा पुगेर घटनावारे सार्वजनिक रुपमै छलफल गरेका थिए । प्रहरी हवल्दार चन्दलाई दाङ देउखुरी जिल्ला अदालतले उक्त अभियोगमा सफाई दिएको छ । अदातलको सफाई पछि हवल्दार चन्द झन्डै १५ दिन अगाडि थुना मुक्त भएका थिए ।

आर्थिक चलखेलको आशंका
यसैविषयमा प्रतिक्रिया लिन खोज्दा जिल्ला प्रहरी प्रमुख एसपी पाण्डेले पीडित पक्ष पैंशाको चालचमा परेर वयान बदलेको हुन सक्ने आशंका गरे । ‘प्रहरीलाई समस्या यही हुन्छ, हामीले मुद्दा चलाउँछौं,तर त्यो बीचमा पीडित पक्ष आर्थिक लालचमा पर्छन र वयान बदल्छन् । त्यसले प्रहरीलाई उल्लु बनाउने खेल हुँदै आएको छ,’ एसपी पाण्डेले भने । उनले ठूलो आर्थिक चलखेलको प्रलोभवनमा पारेर पीडितलाई पीडकका आफन्तले वयान फेर्न लगाएको हुन सक्ने आशंका गरे । ‘जिल्ला अदालतले सफाई दिएपनि मैले अझैं हवल्दार चन्दलाई हाजिर गराएको छैन,’ एसपी पाण्डेले भने ‘ अब हामी माथिल्लो अदालतमा अपिल गर्न जाने छौं।’ अरु अदालतले पनि सफाई दिए भने मात्रै हवल्दार चन्दलाई कार्यालयमा हाजिर लगाउनु ठिक हुने एसपी पाण्डेको तर्क छ । फेरि अर्का हवल्दार माथि जवरजस्ती करणी गरेको अभियोग लाग्यो

तुलसीपुरमा कार्यरत एकजना प्रहरी हवाल्दार जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । हाल उनीमाथि प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । तुलसीपुरको बस पार्क प्रहरी चौंकीमा कार्यरत ३६ बर्षीय हवलदार मानबहादुर गुरुङ जवरजस्ती करणी अभियोगमा पक्राउ परेका हुन । हवल्दार गुरुङसंगै बबई गाउँपालिका निबासी एकजना सर्वसाधारण २७ बषर््ीय किशोर खड्कापनि पक्राउ परेको प्रहरी स्रोतले बताएको छ ।

गत जेठ २७ गते ईलाका प्रहरी कार्यालय तुलसीपुरमा परेको जाहेरीका आधारमा प्रहरीले गुरुङ र खड्कालाई पक्राउ गरेको नाम उल्लेख नगर्ने सर्तमा एकजना प्रहरी अधिकारीले बताए ।

प्रहरी हवल्दार गुरुङ र सर्वसाधारण नागरिक खड्का पीडित भनिएकी महिलाले आँफुलाई उनीहरुले जेठ २१ राति जवरजस्ती करणी गरेको भन्ने बेहोराको जाहेरी ईप्रका तुलसीपुरमा दिएकी छन् ।त्यस्तै प्रहरीले तुलसीपुर बाटै थप अर्का एक व्यक्तिका विरुद्ध पनि छुट्टै एक महिलाले जवरजस्ती करणी गरेको अभियोग लगाएर मुद्दा दिएकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी नविन शर्मालाई उक्त अभियोगमा पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका सबैका विरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाएर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस 

प्रहरी हवल्दार चन्द बलात्कार अभियोगमा पक्राउ

फूलवारीबासीले भने ‘बलात्कारी हवल्दारलाई हदै सम्म कारवाही हुनुपर्छ’

हेर्नुहोस भिडियो 

प्रकाशित मिति : २०७६ असार ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *