२०८१ बैशाख १४ गते शुक्रवार

प्रहरी हवल्दार चन्द बलात्कार अभियोगमा पक्राउ

दाङ,फागुन ३ । दाङमा एकजना प्रहरी हवल्दार बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।  

इलाका प्रहरी कार्यालय फुलवारी मझघटुवामा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्द स्थानीय एक महिलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । 

 कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १८ निवासी चन्दले गएराति सवा १० बजेतिर एकजना महिलाई जवरजस्ती बलात्कार गरेको अभियोग लागेको छ । बलात्कारको अभियोग खेपेका प्रहरी हवल्दार चन्दलाई प्रहरीले गएराति नै पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । 

उनलाई हाल इप्रका तुलसीपुरको थुनुवा कोठामा  राखिएको छ । हवल्दार चन्दमाथि स्थानीय एकजना विश्वकर्मा थरकी २१ बर्षीया महिला माथि बलात्कार गरेको आरोप लागेको छ । 

पीडित महिलाले शुक्रवार नै इप्रका तुलसीपुरमा आएर चन्द विरुद्ध उजुरी दर्ता गराइ सकेकी छन् । पीडित महिलाका अनुसार उनको घरको आसपासमा होहल्ला भएको भन्दै ढोका खोल्न लगाएर जवरजस्ती बलात्कार गरेका थिए ।

 

प्रकाशित मिति : २०७५ फाल्गुन ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *