२०८१ भाद्र २३ गते आइतवार

फूलवारीबासीले भने ‘बलात्कारी हवल्दारलाई हदै सम्म कारवाही हुनुपर्छ’

राजेश खत्री,
दाङ,फागुन ६ । इलाका प्रहरी कार्यालय मझघटुवामा सोमवार प्रहरी अधिकारी,जनप्रतिनिधि र स्थानीय सर्वसाधारणका बीचमा सार्वजनिक रुपमै छलफल भएको छ । उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले पछिल्लो बलात्कारको काण्डपछि प्रहरी प्रति अविश्वास पैदा भएको बताएका छन् । अन्तरक्रियाका सहभागी स्थानीयहरुले बलात्कार अभियोगमा त्यहाँ कार्यरत प्रहरी हवल्दार गम्भीर चन्द पक्राउ परेपछि प्रहरी प्रति उत्पन्न नकारात्मक धारणा अन्त्य गर्न दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।

स्थानीय काँसिराम खड्काले चन्दकी पन्ति र काका आइतवार मात्रै पीडितको घरमा आएर मिल्न दबाव दिएको तथा त्यसो नभए ज्यानको धम्कि दिएको भन्ने सुन्नमा आएको भन्दै सुरक्षाको व्यवस्था गर्न प्रहरी अधिकारी संग माग गरे । ‘पीडितलाई लाखौं रकमको प्रलोभन देखाइएको र त्यो अस्विकार गरेपछि ज्यानमार्ने धम्कि दिएको कुरा आएको छ,’खड्काले भने ‘अब हामी जनता नै रातिमा प्रहरी आउँछ कि भनेर जागा बस्नुपर्ने स्थिति सृजना हुँदैछ ।’

हवल्दार चन्दले बलात्कार गरेको रातमा आफु लगाएका अन्य गाउँलेहरुले लखेट्दा उनी भागेर इप्रका भित्र छिरेको खड्काले बताए । आफुहरु बलात्कृत महिलाको न्यायको लागि अभियुक्त हवल्दार चन्दको पिछा गर्दै इप्रका सम्म पुगेको भएपनि सुरुमा त्यहाँका इञ्चार्जले त्यतिबेला कुरा गर्न नमानेको भन्दै आक्रोस पोखे ।

तुलसीपुर उपमहानगरपपालिका वडा नं. १३ की वडा सदस्य कमला नेपालीले प्रहरी हवल्दारको गलत कामले गर्दा स्थानीय सर्वसाधारणमा त्रास फैलिएको बताइन । ‘पीडित महिलाले मलाई रुँदै भन्नु भएको हो । उस्ले पानी दिनुस भनेर जवरजस्ती बलात्कार ग¥यो र त्यसपछि कतै भने तेरो दुईवटै बच्चा अनि तलाई पनि मार्छु भन्दै त्रास देखाएर गएछ,’ कमलाले भनिन् । स्थानीय चिरिञ्जवी वली र देवबहादुर विकले बर्दी लगाएको पुसिल देख्दापनि चेलिवेटी त्रर्सिनुपर्ने अवस्था सृजना भएको हुँदा दोषीलाई हदै सम्मको कारवाही हुनुपर्ने माग गरे ।

तुलसीपुर उपमहानगरपालिकाका वडा नं. १३ का वडा अध्यक्ष डम्मरबहादुर न्यौंपाने, स्थानीय तुलसा वली,हुकमवहादुर नेपाली लगाएतका व्यक्तिले पीडिकका आफन्तवाट लगातार फोन आउने गरेको, पैंशामा बार्गेनिङ गर्ने गरेको,महिलाको इज्जतलाई पैंशामा तुलनागर्न खोजेको हुँदा त्यसमा प्रहरी प्रशासन सजग हुनुपर्ने ध्यानाकर्षण गराएका थिए । त्यस्तै उनीहरुले जताततै खुल्लम खुल्ला मदिराको कारोवार हुने गरेको भन्दै त्यो नियन्त्रण गर्न माग गरेका छन् । ‘८ बर्षको बालकदेखि ७०÷८० बर्षको बृद्धपनि रक्सि खाएर हल्ला गर्दै हिड्छन्,’ वलीले भनिन् ‘ एसपी साप तत्काल त्यो रोक्न भूमिका खेलिदिनुहोला ।’ वडा अध्यक्ष न्यौंपाने लगाएका अन्य बक्ताहरुले भने सबैको संयुक्त प्रयास बाट मदिराको खुल्ला विक्रि वितरण बन्द गर्नुपर्ने बताएका थिए ।

आरोपितलाई जोगाउन प्रहरी लाग्दैन – एसपी
सार्वजनिक रुपमा स्थानीय संग छलफल तथा अन्तरक्रिया पछि दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले सार्वजनिक घटनाले निकै निन्दनिय भएको बताएका छन् । संगठनकै शिर निहुरिने गरि समाचारहरु सार्वजनिक भएको हुँदा सत्य तथ्य बुझ्न आफु पीडित महिलाको बस्तिमा छलफल गर्न आएको उनले बताए । घटना निकै दुःखद र निन्दनिय भएको भन्दै उनले फेरि यस्ता घटनाहरु प्रहरी बाट हुन नदिन आफुले भरमजदुर प्रयत्न गर्ने आश्वासन दिए ।

‘तपाँईहरु ढुक्क हुनुहोस अभियोग पुष्टि भए उस्लाई कुनैपनि किसिमले जोगाउन प्रहरी लाग्ने छैन,’ एसपी पाण्डेले भने ।

दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डे । तस्बिर : राजेश खत्री

एसपी पाण्डेले अभियोग पुष्टि भएमा पीडक हवल्दार चन्दले सर्वसाधारण नागरिक भन्दा थप ५ बर्षबढी सजाय भोग्नु पर्ने व्यवस्था नयाँ कानुनमा रहेको जानकारी स्थानीयलाई दिएका थिए । ‘ यो अत्यन्तै जघन्ने अपराध हो । यस्तो निन्दनिय कार्य प्रहरी बाटै हुँदा हामी लजाएका छौं,’ एसपी पाण्डेले भने ।

त्यसपछि उनले इप्रका मझघटुवा र अस्थायी प्रहरी पोष्ट दमारगाउँमा गएर मातहतका प्रहरीलाई कुनैपनि गलत कार्य नगर्न तथा गर्नेलाई पनि तत्कालै पक्राउ गर्न निर्देशन दिएका थिए । उनले संगठनको आचरण विरुद्ध काम गरे जो कोहीलाई पनि कारवाही हुने चेतावनी दिएका छन् । एसपी पाण्डेले आँफै प्रहरी गरेका काम र दैनिक गतिविधि, विदा बसे नबसेको, आएका उजुरी र त्यसमाथि भएका कारवाहीका बारेमा आँफै फाइल खोजेर हेरेका थिए ।

यसकारण पुगे प्रहरी अधिकारी फूलवारी
दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले सोमवार प्रहरी हवल्दारद्धारा बलत्कृत भएकी भनिएको महिलाको गाउँमा पुगेर सार्वजनिक रुपम अन्तरक्रिया गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीसहित इप्रका मझघटुवा पुगेर एसपीले स्थानीय जनप्रतिनिधि र सर्वसाधारण संग सार्वजनिक भएको बलात्कार काण्डवारे सार्वजनिक रुपमा स्थानीयसंग अन्तरक्रिया गरेका हुन ।

यसअघि इलाका प्रहरी कार्यालय फूलबारी मझघटुवामा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दले विहिवार राति स्थानीय एक २१ बर्षीया महिलालाई पानी पिउने भन्दै ढोका खोल्न लगाएर जवरजस्ती बलात्कार गरेको अभियोगसहितको समाचार प्रकासित भएको थियो । अभियोग पछि सोही राति नै एसपी पाण्डेले अभियुक्त चन्दलाई पक्राउ गरेर इप्रका तुलसीपुरमा ल्याउन लगाएका थिए ।

कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १८ निवासी चन्द हाल इप्रका तुलसीपुरको थुनुवा कक्षमा राखिएका छन् । पीडित महिलाले शुक्रवार इप्रका तुलसीपुरमा आएर प्रहरी हवल्दार चन्का विरुद्ध उजुरी दिइसकेकी छन् । जवरजस्ती बलात्कार गरेको अभियोग खेपेका चन्दका विरुद्ध दाङ देउखुरी जिल्ला अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिइसकेको छ । उक्त बलात्कार काण्डवारे मेडिकल रिपोर्ट भने अझैं आइ नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *