खाङ्ग्रा(राजपुर), मंसिर २० । राजपुर गाउपालिका—६ खाङग्रा नाकामा नवनिर्मित स्वास्थ्य चौकि भवन मंगलवार जिल्ला सरकारकै उपस्थीतिले भरीभराउ थियो । जिल्ला समन्वय समितिको आयोजना तथा राजपुर गाउपालिकाको आतिथ्यमा आयोजित घुम्ती बैठकका सहभागी सवैको शिरमा थाकलको टोपि । मानौं मंगलवार खाङ्ग्रा नाका थाकल ब्रान्डले सुसज्जित थियो ।
‘हाम्रो यो न्यानो मायालाइ स्वीकानुहोला, यहांको स्थानिय उत्पादनबाट बनेको उत्पादन हो’, घुम्ति बैठकका सहभागिहरुलाइ थाकलको टोपिले सम्मान गर्दै राजपुर गाउपालिकाकि उपाध्यक्ष धनपतीदेवी यादवले भनिन् । राजपुरको जंगहवा चोकबाट करीव १८ किमि दक्षिण उकाली ओराली यात्रापछि खाङ्ग्रा नाका पुगेका सहभागिहरुले यो सम्मानलाइ हृदयदेखि स्वीकार गरे । सवैले शिरमा टोपि धारण गरे ।
थाकल ब्रान्डलाइ राजपुर गाउपालिकालेनै स्थापित गर्न चाहेको हो । यसकैलागी राजपुर गाउपालिकाले यहांका श्रमजिवि महिलाहरुलाइ थाकलका विभिन्न सामाग्रिहरु निर्माण गर्नकालागी एक महिने तालिम पनि दिएको हो । स्थानिय प्राकृतिक श्रोत साधनबाटै स्थानियको आयस्तर उकास्न यो तालिमको आयोजना गरिएको राजपुर गाउपालिकाका लेखा अधिकृत भरतमणि पोख्रेलले गोरक्षलाइ बताए । सानो मेहनेतले पुग्दैन, थाकलका सामाग्रि बनाउन ।
कलिलै उमेरको पातबाट मात्रै यस्ता सामाग्रि निर्माण हुने राजपुर गाउपालिका—२ कि कलावती चौधरीले बताइन् । कलावतीको थाकल कला प्रसंसनिय रहेको गाउपालिकाको भनाइ छ । ‘उनै कलावतीलाइ थाकलका सामाग्रि बनाउने तालिमको प्रशिक्षक बनाएका थियौं’, राजपुर गाउपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकि भन्छन्, तालिम पछि केहि महिलाहरु यस्ता सामाग्रि बनाएर आत्मनिर्भर बनेका छन् ।
थाकलको पातबाट यस्ता सामाग्रि बनाउन कम्ति मेहनेत गर्नु पदैन, एक दिनमा बढिमा दुइ वटा टोपि मात्रै एक जनाले बुन्न सक्छन् । थाकल बुनाइ प्रशिक्षक कलावती चौधरीका अनुसार थाकलको पातबाट टोपि, ढकिया, कलमदानी, फुलदानी, मोनि पर्श लगायतका सामाग्रि कलात्मक शैलिबाट निर्माण गरीन्छ । मंगलवार अतिथिहरुलाइ लगाइदिएको थाकलको टोपि स्थानिय महिलाहरुबाट प्रति टोपि ५ सय रुपैयाका दरले गाउपालिकाले खरीद गरेको थियो । त्यसो त राजपुर गाउपालिकाले थाकल बढि सप्रने क्षेत्रलाई थाकल एरीया बनाइ विभिन्न सामाग्रि उत्पादन गर्ने दिर्घकालिन लक्ष पनि लिएको छ ।
त्यसो त जिल्ला समन्वय समितिको आयोजनामा खाङ्ग्रा नाकामा सम्पन्न घुम्ति बैठकमा पनि थाकलको प्रशंसा भयो । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा संपन्न घुम्ति बैठकमा प्रमुख अतिथि तथा चुरे वोर्ड सदस्य कमला वली(शिवाकोटी)ले पनि स्थानिय उत्पादन थाकल ब्रान्डको प्रशंसा गरीन । प्लाष्टिक जन्य उत्पादनको प्रयोगले जलवायु परीवर्तनको नकारात्मक प्रभाव परीरहेका वेला स्थानिय प्राकृतिक श्रोत साधनको प्रयोगले जलवायु परीवर्तनको नकारात्मक प्रभावलाइ पनि न्युनिकरण गर्न सकिने प्रमुख अतिथि वलीको अभिव्यक्ति थियो । अन्र्तपालिका घुम्ति बैठकमा प्रमुख अतिथि वलीले स्थानिय प्राकृतिक श्रोत साधनको प्रयोगलाइ प्रार्थमिकता दिदै प्लाष्टिक जन्य उत्पादनलाइ निरुत्साहित गर्न पनि स्थानिय सरकार प्रमुखहरुलाइ आग्रह गरीन् ।
त्यसैगरी प्रमुख अतिथि वलीले यो घुम्ति बैठकमा प्रमुख आतिथ्यता ग्रहण गर्न पाउनुलाइ एउटा अवसरका रुपमा उल्लेखगर्दै चुरे संरक्षणमा पनि अधिक्तम योगदान गर्न स्थानिय पालिकालाइ आग्रह गरीन् । खासमा नेपालको जम्मा भुभागको १२ प्रतिसत चुरेले ओगटेको उल्लेख गर्दै तराइ मधेस पनि संरक्षण यहि अभियानमा जोडिएकाले चुरे संरक्षित क्षेत्र करीव २७ प्रतिसत सम्म भएको तथ्यांक प्रस्तुत गरीन् ।
तराइ मधेस जोगिए मात्रै नेपाल बच्ने उल्लेखगर्दै उनले नदिजन्य पदार्थ उत्खनन्बाट उठेको राजश्वको केहि प्रतिसत वातावरण संरक्षणमा लगाउन पनि आग्रह गरीन् । साथै उनले दाङको प्राय संपुण भु्भाग चुरेमा पर्ने भएकाले नदिजन्य पदार्थको उत्खनन्कालागी प्रारम्भिक वातावरणिय प्रभाव मुल्यांकन प्रतिवेदन(आइइइ) तयार गरीसकेपछि जिल्ला अनुगमन समितिबाट अनुगमन गराएर चुरेमा सिफारीस गर्न पनि आग्रह गरीन् । ‘तपाइहरुले आइइइ तयारगरी असोज भित्रै अनुगमन गराउनुस्, हामीले दशै लगत्तै अनुगमन गरी उचित क्षेत्रमा उत्खनन्को स्वीकृति दिने छौं’, प्रमुख अतिथि वलीले भनिन् ।
राजपुर गाउपालिकाका उपाध्यक्ष धनपतीदेवी यादवको स्वागत मन्तव्यपछि जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले बैठकमा नदिजन्य पदार्थको समुचित व्यवस्थापन, विकाश निर्माणमा देखिएका विभिन्न समस्या, नदिजन्य पदार्थको चोरी निकाशीको रोकथाम, किसान कार्ड वितरण व्यवस्थापन, नाकावासीका समस्याहरु, लैगिक हिंसा तथा दुर्घटना न्युनिकरण लगायतका एजेण्डा प्रस्तुत गरेका थिए । सो अवसरमा राजपुर गाउपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकिले गाउपालिकाले गरेका अशल अभ्यासका विषयमा जानकारी गराएका थिए ।
घुम्ति बैठकमा जिल्ला समन्वय समितिका प्रमुखद्धारा प्रस्तुत गरिएका एजेण्डाका विषयमा गम्भीर छलफल भएको थियो । छलफल कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, ववइ गाउपालिकाका अध्यक्ष कुल वहादुर खत्री, शान्तिनगर गाउपालिकाका अध्यक्ष प्रमोद बस्नेत, गढवा गाउपालिकाका अध्यक्ष यमनारायण पोख्रेल, राप्ती गाउपालिकाका उपाध्यक्ष कमलापती चौधरी, वगलाचुलि गाउपालिकाका उपाध्यक्ष भक्त वहादुर जिसी, दंगिशरण गाउपालिकाका उपाध्यक्ष पिमा वली खड्का, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत गेहेन्द्र डांगि, देउखुरी साहित्य परीषदका अध्यक्ष नीम वहादुर थापा लगायतले पालिकामा राजश्व संकलन, विकाश निर्माण, शुसासन निर्माण लगायतका विषयमा विभिन्न जिज्ञासा राख्दै आवस्यक सुझाव समेत प्रस्तुत गरेका थिए ।
घुम्ति बैठकको सहजीकरण जिल्ला समन्वय समितिका नायव सुव्वा विमला खनाल पाण्डेले गरेकि थिइन् ।
अम्रेला हेडिङमा : राजपुर घुम्ति बैठकका निर्णयहरु सार्वजनिक
यसैबीच जिल्ला समन्वय समिति दाङको आठौं अन्तरपालिका स्तरीय घुम्ति बैठक मंगलवार राजपुर गाउपालिका—६ खाङग्रा नाकामा सम्पन्न भएको छ ।
जिल्लाका दशवटै पालिकाका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, प्रमुख प्रशाशकिय अधिकृतहरु, नागरीक समाजका प्रतिनिधि तथा सन्चारकर्मिहरुको समेत उपस्थीतिमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको जिल्ला समन्वय समितिको कार्यालयका समन्वय अधिकारी सावित्रा श्रेष्ठले जानकारी दिइन् ।
जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षता तथा राष्ट्रपति चुरे तराइ मधेस संरक्षण विकाश समितिका सदस्य कमला वली सिवाकोटीको प्रमुख आतिथ्यमा बसेको बैठकले नदिजन्य पदार्थ(ढुंगा, गिट्टि, वालुवा)को समयमै उत्खनन् र व्यवस्थापन गर्न जिल्लाका दशवटै स्थानिय पालिकाले असोज महिनामा प्रारम्भिक वातावरणिय अध्ययन प्रतिवेदन(आइइइ) तयार गरी जिल्ला अनुगमन समितिबाट अनुगमन गराउने र कार्तिक महिना भित्र राष्ट्रपति चुरे तराइ मधेस संरक्षण विकाश समितिबाट स्वीकृति लिएर समयमै ठेक्का आह्वान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले नदिजन्य पदार्थको चोरी निकाशी रोक्न संबन्धित क्षेत्रको प्रहरी, शशस्त्र प्रहरी र स्थानिय तहको नगर प्रहरीले संभावित क्षेत्रमा संयुक्त गस्ती गरी प्रचलित नियमानुसार कारवाहि गर्ने,. संघिय सरकारको किसान कार्ड वितरण कार्यक्रमलाइ प्रभावकारी बनाउन संघ र प्रदेश सरकारले तोकेको मापदण्डभित्र रहेर सवै वडाबाट किसान पहिचान गर्न आवस्यक कार्यविधि निर्माणकालागी जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गर्यो ।
त्यसैगरी बैठकले स्थानिय सरकारलाइ संघ र प्रदेश सरकारबाट प्राप्त बजेटबाट कुनैपनि संरचनाको भौतिक निर्माण गर्न सार्वजनिक जग्गाको संघिय सरकारबाट भोगाधिकार लिन कानुनी झण्झट भएकाले सार्वजनिक जग्गाको भोगाधिकार स्थानिय सरकारलाइ दिलाउन जिसस महासंघ, नगरपालिका महासंघ र गाउपालिका महासंघ मार्फत पहल गर्ने निर्णय गरियो ।
खाङ्ग्रा बैठकले नदिजन्य पदार्थको उत्खनन्मा दुइ पालिकाबीच सिमा विवाद भएमा ती पालिका र जिल्ला समन्वय समितिको बैठक बसी समस्या समाधान गर्ने र दुइ जिल्लाको सिमा विवाद भएमा प्रदेश सरकारसंग समन्वय गरी विवाद समाधान गर्न जिल्ला समन्वय समितिको नेतृत्वमा पहल गर्ने निर्णय भएको जिल्ला समन्वय समितिले जनाएको छ ।
अर्घाखाँची जिल्ला र दाङ जिल्लाको सिमानामा अर्घाखांचिले नदिजन्य पदार्थ उत्खनन् गर्दा बड्कापथ सिचाइ आयोजना र प्रगन्ना सिचाइ आयोजना प्रभावित भएकाले त्यसलाइ व्यवस्थापन गर्न प्रदेश सरकारसंग पहल गर्ने निर्णय भयो ।
त्यसैगरी प्रदेश सरकारको बजेटमा निर्माण सम्पन्न भएका आयोजनाहरुको भुक्तानी रोकिएकाले निर्माण व्यवसायी वा उपभोक्ता समितिलाइ निर्माण सम्पन्न आयोजनाको भुक्तानीकालागी लुम्विनी प्रदेश मुख्य मन्त्री कार्यालयमा पत्राचार गर्ने, सडक दुर्घटनामा निधन भएका व्यक्तिका परीवारबाट अस्वाभाविक क्षतिपुर्ति माग गर्दै सडक बन्द गराउने प्रबृत्ति बढ्दै गएकाले यसलाइ निरुत्साहन गर्न सवै स्थानिय सरकारले पहल गर्ने, साथै दुर्घटना न्युनिकरणकालागी आवस्यक निगरानी बढाउन संबन्धित पालिकाले अआफ्नो क्षेत्रमा पर्ने सडकका मुख्य मुख्य क्षेत्रमा सिसि क्यामेरा जडान गर्ने, लैंगिक हिंसा न्युनिकरण तथा लागुऔषध दुव्र्यसनी न्युनिकरण गर्नकालागी हरेक पालिकाले समिति निर्माण गरी सचेतना अभियानलाइ प्रभावकारी बनाउने, स्थानिय पालिकामा कानुन अधिकृतको दरवन्दी नहुदा न्यायिक समितिलाइ काम गर्न कानुनी जटिलता उत्पन्न भएकाले कानुन अधिकृतको दरवन्दी कायम गराउन संघ र प्रदेश सरकार समक्ष पहल गर्ने पनि निर्णय भएको बताइएको छ ।
घोराही—तुलसीपुर चारलेन सडक स्तरोन्नतीकालागी संघिय सरकारले बजेट सुनिश्चितता गरीसकेको अवस्थामा सडक विस्तार अघिनै सडक क्षेत्रमा रहेका विद्युत पोल स्थानान्तरण गर्नकालागी संबन्धित निकायसंग आवस्यक पहल गर्र्ने, जलवायु परीवर्तनको विश्वव्यापी असरलाइ न्युनिकरण गर्न प्लाष्टिकजन्य बस्तुको प्रयोगलाइ निरुत्साहित गर्दै स्थानिय प्राकृतिक श्रोत साधनको उपयोगलाइ प्रोत्साहन गनेर्, लुम्विनी वाङ्मय प्रतिष्ठान, राप्ती साहित्य परीषद र देउखुरी साहित्व परीषदको संयुक्त आयोजनामा हुने जिल्लास्तरीय साहित्यीक महोत्सवलाइ सफल बनाउन आयोजकबाट प्रस्ताव आह्वान गरी अर्को बैठकमा छलफल गर्ने तथा आगामि अन्तरपालिका घुम्ति बैठक बबई गाउपालिकामा आयोजना गर्ने पनि निर्णय भएको जिल्ला समन्वय समितिले जनाएको छ ।