२०८१ माघ १२ गते शनिवार

रातिमा घर घेरा हाली प्रहरीले समातेको थियो, नीलगाइको चोरी शिकारीमा संलग्न ब्यक्ति

दाङ, मंसिर १९ । चोरी सिकारी गरि दुर्लभ वन्यजन्तु नीलगाई मारेको आरोपमा दुई जना नेपाली काँग्रेसका नेताहरु पक्राउ परेका छन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिका – ६ का ५२ बर्षीय सुरेशशमसेर राणा र ७३ बर्षीय लालबहादुर थारु पक्राउ परेका हुन ।

मंसिर १६ गते राति ९ बजेतिर बिषेश सुचना पाएपछि सुरक्षाकर्मीसहितको टोली खोजीको लागि खटिएको थियो ।
महिमानपुर सवडिभिजन वन कार्यालयका वन अधिकृत रामगणेश साहका अनुसार रातको १ बजेतिर पुग्दा लालबहादुर थारुको घरको आँगनबाट मानिसहरु बोलेको आवाज आएपछि उनीहरु त्यहाँ पुगेका थिए । थारुको घरमा वनका अधिकारी र सुरक्षाकर्मी पुग्दा नपुग्दै त्यहाँ भएका मानिसहरु भागेका थिए । तर, राणा भने पक्राउ परेका थिए ।

वन अधिकृत साहका अनुसार त्यो रातिमा थारुको घरको आँगनवाट जनावरको भूँडी र छाला मात्रै फेला परेको थियो ।
रातिमा घर खान तलासी गर्न मिल्दैन थियो । त्यही भएर रात भर त्यहाँ पुगेको सुरक्षाकर्मीसहितको टोलीले थारुको घर घेरा हालेर जागै बसेका थिए । मंसिर १७ गते बिहान हुना साथ थारुको घर खान तलासी गरिएको थियो ।

त्यसक्रममा नील गाइको टाउको र खुरसहित ३९ केजी मासु बरामद भएको वन अधिकृत साहले जानकारी दिए । दुर्लभ वन्य जन्तु नीलगाइको मासु बरामद भएपछि तत्कालै घर मुली थारुलाई पक्राउ गरिएको साहले बताए ।
पक्राउ परेकाहरु माथि म्याद थप भइ आवश्यक अनुसन्धान भइ रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *