२०८१ मङ्सिर १९ गते बुधवार

तुलसीपुर – घोराही सडक बिस्तारका लागि मार्ग प्रसस्त

अर्थमन्त्रालयबाट झन्डै ४ अर्बको स्रोत सहमति

दाङ, मंसिर १२ । दाङको तुलसीपुर –घोराही सडक खण्ड चारलेनका रुपमा बिस्तार हुने लगभग सुनिश्चित जस्तै भएको छ ।

सडक खण्ड चार लेनमा बिस्तार गर्नका लागि अर्थमन्त्रालयले झन्डै चार अर्व स्रोत सहमति दिए संगै त्यस्तो आशा पलाएको हो । अहिले तुलसीपुर – घोराही सडक खण्डको २१.५८ किलोमिटर सडक चार लेनमा बिस्तार गर्न अर्थमन्त्रालयवाट ३ अर्ब ९९ करोड ४९ लाखको बहुबर्षिय ठेक्काको स्रोत सहमतिका लागि सिफारिस गरि सकेको छ ।

सडक खण्ड बिस्तारका लागि मदर भण्डारी आयोजना निर्देशनालयवाट कार्यान्वय हुने छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भदौ २५ गते पत्राचार गरि राष्ट्रिय योजना आयोगलाई सोही कुरा लेखि पठाएको थियो ।

त्यसको आधारमा राष्ट्रिय योजना आयोगबाट भण्डारी राजमार्गको बजेटबाट कार्यान्वयन गर्ने गरि बहुबर्षे स्रोत माग गरिएको हुँदा बिनियोजन भएको बजेटबाटै आयोजना कार्यान्वयनका लागि अर्थले स्रोत सहमित पठाएको हो ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर दिपेन्द्रबहादुर बिष्टले सडक खण्ड विस्तारको लागि मार्ग प्रसस्त भएको जानकारी दिए । अब लागत अनुमान तयार गरि स्वीकृत भइ सकेपछि ठेक्का लाग्ने छ । त्यसको प्रक्रियाको लागि झन्डै एकसय दिन जति लाग्ने उनले बताए । खरिद प्रक्रियाको सुरुवात भएपछि निर्माण ब्यबसायी संग सम्झौता हुने र त्यसपछि काम हुने छ ।


यो सडक खण्ड २०७५ पुस १३ गतेबाट काम सुरू गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले कामको जिम्मा लिएको थियो। सम्झौतामा ३० महिनाभित्र सडक विस्तारको काम सक्ने संझौतामा थियो । तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही बबईको पुलसम्मको करिब २८ किलोमिटरसम्म सडक बिस्तार गर्न भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार तीन सय अमेरिकी डलर छुट्याएको थियो ।


तर, उस्ले सडक विस्तारको काम भनेको समय भन्दा धेरै पटक म्याद थप्दापनि पुरा गर्न सकेको थिएन । ६ बर्षसम्म जम्मा १० प्रतिशतपनि भौतिक प्रगति थिएन । त्यसपछि तुलसीपुर – घोराही चार लेन सडक खण्डको सम्झौता नेपाल सरकारले २०८० जेठमा रद्द गरेको थियो । सोही बर्ष असोजमा आठ करोड खर्चेर भत्काइएको सडक फेरि पहिले जस्तै दुई लेनमा टालटुल पार्न दुई करोडमा ठेक्का भइ काम भएको थियो ।

पछिल्लो समय मदन भण्डारी निर्देशनालयले तुलसीपुर –घोराही सडक खण्ड बिस्तार गर्ने भनि अर्थमन्त्रालयले स्रोत सहमति दिएपछि नेकपा (एमाले) का महासचिव शंकर पोख्रेललाई सामाजिक सञ्जालहरु मार्फत धन्यबाद दिइ रहेका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *