तुलसीपुर,मंसिर ८ । तुलसीपुर बजारेको केन्द्र भागमा रहेको एक मात्र खेल मैदा अरणिको मैदानको संरक्षण र भौतिक पूर्बाधार निर्माणका लागि तुलसीपुर उद्योग बाणिज्य सघंले पहल थाल्ने भएको छ ।
दशकौदेखि बिकासको पर्खाईमा रहेको अरणिको मैदानमा आबश्यक पूर्वाधार निर्माण गर्न तुलसीपुर उपमहानगरपालिका संग सहकार्य गरेर अघि बढने निर्णय भएको बाणिज्य सघंका अध्यक्ष बिनिल केसीले बताए ।
‘खेल क्षेत्रमा मेरोपनि रुची छ र बिभिन्न कार्यक्रममा म आफै त्यहाँ गएर बोलेको पनि छु, ’ अध्यक्ष केसीले भने ‘ सौचालय बिहीन अरणिको मैदानले साँच्चि नै सबैलाई गिज्याइ रहेको छ । ’
बाणिज्य संघको बैठकमा शुक्रबार अध्यक्ष केसीले यस्तो कुरा गरेको प्रेस संयोजक शरद रेग्मीले बताएका छन् ।
तुलसीपुर उद्योग बाणिज्य संघको बैठकमा अध्यक्ष केसीले अरणिको मैदानमा सौचालय नुहँदा खेलको बिकासमा असर पुगेको तथा खेलाडीले प्रत्यक्ष रुपमा असहजता भोग्नु परेको हुँदा अरणिको मैदानको बिकासको लागि सबैको सहयोगको आवश्यकतामा औंल्याएका थिए ।
तत्काल अरणिको मैदानमा आबश्यक पर्ने सौचालय, स्टेज र चेनजिङरुम निर्माण गर्न पहल थाल्न महासचिब केशबराज केसीलाई जिम्मेवारी दिने निर्णय बाणिज्य संघको शुक्रबारको बैठकले गरेको छ ।
संघको बैठमा निबर्तमान अध्यक्ष रामप्रसाद चालिसे,पूर्ब अध्यक्षहरु बिमल रिजाल, बिरबहादुर रावत (विरु)सम्मेलित बैठकले त्यस्तो निर्णय गरेको हो ।