२०८२ कार्तिक २१ गते शुक्रवार

बुद्ध सर्किटका लागि मोनोरेल र नमुना राजधानीमा लगानी गर्न आग्रह


दाङ, कात्तिक २७ । छिमकी देश चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन त्यहाँ पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटलाई आधार मानेर मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न आग्रह गरेका छन् ।

व्यापार र लगानीको बारेमा भएको विज्ञसहितको कार्यशालामा मुख्यमन्त्री आचार्यले रुपन्देही, नवलपरासी पश्चिम र कपिलवस्तु जिल्लालाई बुद्ध सर्किट संग जोड्ने योजनालाई कार्यान्वयनमा ल्याउन मोनोरेल सञ्चालन बारे अध्ययनका लागि विदेशी लगानीकर्ता समक्ष आग्रह गरेका हुन ।

साथै प्रदेश राजधानी शहरलाई नमुना बनाउने र राजधानी शहरलाई सडक सञ्जालबाट जोड्ने गरी संरचना निर्माणका लागि लगानीकर्तालाई आग्रह गरेका छन् ।

सम्मेलनमा मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, प्रमुख स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डा. सागर न्यौपाने र मुख्यमन्त्रीकी श्रीमती दीपा आचार्य सहभागी छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *