दाङ, कात्तिकa १३ । पाल्पामा गुडिरहेको एउटा ट्रकको ब्रेक फेल भइ पछाडि बाट अर्कौ ट्रकमा ठोक्किदा एक जना चालकको मृत्यु भएको छ ।
पाल्पा जिल्लाको रम्भा गाउँपालिका – ३ का २३ बर्षीय भुवनसिंह रानाको उपचारका क्रकमा पाल्पाका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए । राना लु १ ख ९३९१ नम्बरका ट्रक चालक हुन ।
शिद्धार्थ राजमार्ग अन्तरगत बुटवलवाट पोखरा तर्फ जाँदै गरेको उक्त ट्रक गएराति पौने ११ बजेतिर रम्भा गाउँपालिका – ३ आगाहाखोलामा ब्रेक फेल भइ अनियन्त्रित भएपछि एकै दिशा तर्फ गइ रहेको ना १ ख ७१२१ नम्बरको अर्कौ ट्रकलाई पछाडिवाट ठक्कर दिएको थियो ।
त्यो दुर्घटना पछि मृतक रानाको दाहिने खुट्टा च्यापिएको थियो । प्रहरी पुगेर उनको उद्धार गरि लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि पठाइएको थियो । उनको उपचारका क्रममा सोही मेडिकल कलेजमा मृत्यु भएको थियो ।
उक्त दुर्घटनाका कारण ना १ ख ७१२१ नम्बरको ट्रकका सहचालक स्याङजाको वालिङ नगरपालिका – १० का २१ बर्षीय सन्जित खवास सामान्ने घाइते भएका छन् । उनको हातमा चोट रहेको छ ।
ना १ ख ७१२१ नम्बरको ट्रकका चालक भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छत ।
