२०८३ भाद्र १२ गते शुक्रवार

प्रहरी हिरासतमै सशस्त्रका जवानले गरे आत्महत्या

तुलसीपुर, कात्तिक १२ । दाङमा प्रहरी हिरासतमै एक जना सशस्त्र प्रहरीका जवानले आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।

प्यूठानको वडडाँडा घर भइ दाङको राप्ती गाउँपालिका – १ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर सोमबार बिहान घोराहीस्थित वडा प्रहरी कार्यालयको सौचालयमा पाँच बजेतिर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन ।
मगर आफ्नै गञ्जी र टिर्सटको पासो लगाएर सौचालयमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए ।


उनी र सहायक हवल्दार भरत रोका मगर यौन दुब्र्यबहारको आरोपमा कात्तिक ७ गते पक्राउ परेका थिए । असोज २४ गते बेलुकी ज्वालामाई गण नजिकै दसैंको समयमा हालेको पिङ खेल्न गएका मध्य स्थानीय एक जना ८ बर्षीया र अर्की १४ बर्षीया नाबालिकामाथि यौन दुब्र्यबहार गरेको आरोपमा सशस्त्र प्रहरी आँफैले उनीहरुलाई पक्राउ गरि प्रहरीलाई बुझाएको थियो ।

दुई बालिका माथि अपरिचित ब्यक्तिहरुले बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले घटना अनुसन्धानका लागि प्रहरीमा उजुुरी दिएका थिए ।

प्रकाशित मिति : २०८१ कार्तिक १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *