२०८३ भाद्र १२ गते शुक्रवार

फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते, चारको अवस्था गम्भीर


दाङ,असोज २४ । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको फोर्स गाडी बिहीबार बिहान सल्यानको कुमाख गाउँपालिकामा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रागेचौरले जनाएको छ।

लु २ ख ५००२ नम्बरको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका-१ बुरेलीखोलामा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएको सल्यान प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र १२ जना सामान्य रहेको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइ रहेको छ ।

प्रकाशित मिति : २०८१ असोज २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *