२०८३ असार २८ गते आइतवार

पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु,एकको सकुशल उद्वार


दाङ,असोज २२ । बबई नदिमा पौडी खेल्ने क्रममा डुबेर ९ वर्षीय बालकको मृत्यु भएको छ भने एक बालकको शकुसल उद्वार गरिएको छ ।

मंगलबार दिउँसो पौने ३ बजेको समयमा दाङको दंगीशरण गाउँपालिका ४ बैबाङ स्थित बबइ नदिमा पौडी खेल्ने क्रममा दंगीशरण १ बस्ने नरेश खड्काको छोरा ९ वर्षीय पुस्कर खड्का र कविराम पुनको छोरा ९ वर्षीय तारा पुन डुबेका थिए ।

नदिमा डुबेर बेपत्ता भएको भन्ने सुचनाको आधारमा गएको प्रहरी टोलीले र स्थानीयको सहयोगमा तारा पुन सकुशल उद्धार गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाका अनुसार अर्का बेपत्ता भएका पुस्कर खड्कालाई डुबेको स्थानदेखि एकसय मिटर तल साढे ३ बजेको समयमा मृत अवस्थामा फेला परेका थिए ।

घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *