२०८३ कार्तिक २० गते बिहिवार

गढवामा युवतिमाथि ‘ग्याङ रेप’, चार जना पक्राउ

तुलसीपुर, असोज १८ । दाङको गढवामा एक युवती माथि सामुहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।


१९ बर्षीया एक युवतीलाई बिहेको प्रलोभन पारी सुरुमा गढवा गाउँपालिका – ५ चैनपुरका १९ बर्षीय किरण चौधरीले एकलास ठाउँको कोही मानिस नबस्ने खाली घरमा बोलाएका थिए । उनीहरु बिगत दुई बर्षदेखि प्रेम सम्बन्धमा थिए ।


किरण चौधरीले बुधबार बेलुकी पख बिवाह गर्ने सर्तमा ती आफ्नी प्रेमीकालाई आफ्नो वडाको मंघरस्थित ह्युम पाइप बनाउने कम्पनीको खाली घरमा बोलाएका थिए । किरणले फोन गरि हाल बन्द अवस्थामा रहेको ते घरमा बिहे गर्ने भन्दै बोलाएपछि प्रेमीका पुगेकी थिइन ।


सोही दिन बिहे गर्ने भन्दै प्रलोभनमा पारेर सुरुमा उनले फकाएर शारीरिक सम्बन्ध राखेका थिए । तर, त्यसपछि सोही घरमा लुकेर बसेका अरु तीन जनापनि त्यसपछि पालै पालै पालो उनीमाथि बलात्कार गरेको खुलेको छ ।
अन्य तीन जनामा गढवा – ५ मंघरका २४ को सन्जित चौधरी, सोही ठाउँका १९ बर्षीय धिरज चौधरी र २१ बर्षीय सन्दिप चौधरी थिए । उनीहरु चारै जनालाई प्रहरीले पक्राउ गरि सकेको छ ।


किरणले सुरुमा बिहेको प्रलोभनमा पारी जोर जवरजस्ती गरेपछि उनीमाथि अन्य तीन जनालेपनि पालैपालो सामुहिक बलात्कार गरेको कुरा प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाले जानकारी दिएका छन् ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ असोज १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *