२०८३ भाद्र १२ गते शुक्रवार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

दाङ, असोज १० । बाँकेमा बिहीबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

दुई मोटरसाइकल आपसमा ठोक्किदा गम्भीर घाइते मध्य नेपालगञ्ज उपमहानगरपालिका – २० राँझाका ४७ बर्षीय लोकबहादुर बंसीलाई अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटना दिउँसो १२ बजेतिर भएको थियो । घाइते बंसीलाई नेपालगञ्ज नरसिंह होममा बिहीबार दिउँसो १२ ः ४० बजे पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

हुलाकी राजमार्ग अन्तरगत बिनौनादेखि अगैयातर्फ आउँदै गरेको बंसीले चलाएको भे ७ प ४३४० नम्बरको मोटरसाइकल र बिपरित दिशा तर्फ जाँदै गरेको राप्ती सोनारी गाउँपालिका – ६ फत्तेपुरका २५ बर्षीय राधेश्याम थारुले हाँकेको भे १२ प ८४२० नम्बरको मोटरसाइकल राप्ती गाउँपालिका – ४ धामपुर बर्काटोलमा आपसमा ठोक्किएका थिए ।

राधेश्याम थारुको अवस्थापनि गम्भीर रहेको बाँकेका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक यामबहादुर मगरले जानकारी दिए । थारुको पनि नेपालगञ्ज नरसिंहहोममा उपचार भइ रहेको छ ।
घटनाबारे अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ असोज १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *