२०८३ असार २७ गते शनिवार

महिला उद्यमशिलता विकास,रैथाने अचार तथा सातु उत्पादन तालिम सुरु


तुलसीपुर,असोज ५ । तुलसीपुरमा महिला उद्यमशिलता विकास, रैथाने अचार तथा सातु उत्पादन तालिम सुरु भएको छ ।

ग्रिन फाउन्डेसन नेपालको आयोजना र आरआर आई को आर्थिक सहयोगमा सुरु भएको ५ दिने “महिला उद्यमशिलता विकास, रैथाने अचार तथा सातु उत्पादन तालिमको उद्घाटन फाउन्डेसनका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले गरेका हुन ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले स्थानीय उत्पादनलाई उच्चतम प्रविधिबाट प्रशोधन गरि ब्यवसायिक बन्नुपर्ने बताएका छन ।

गाउँघरमा उत्पादित बस्तुलाइ अझै बढावा दिदै बजारिकरण गरि ब्यवसायिक रुपमा फस्टाउदै लग्नुपर्ने बताए । स्वास्थ्यका हिसावले पनि सातु फाइदाजनक भएकोले यसकाे प्रयाेग गर्न सकिने बताए ।

“मकै गाइबस्तुलाइ मात्र खुवाउने गरेका छाैँ तर जौ र मकैबाट बनाइने सातुमा उच्च कार्बोहाइड्रेट, फाइबर, सूक्ष्म पोषक तत्व, आइरन, म्याग्नेसियम, सोडियम र प्रोटिन पाइन्छ । क्यालोरीको मात्रा कम रहनु यसको अर्को विशेषता हो । जौ र मकैबाहेक चना, गहुँको पनि सातु बनाउन सकिन्छ । पछिल्लो नेपालमा यसकाे माग बढ्दाे छ ।”-उनले भने।

उनले तालिममा सिकेका कुरालाई ब्यवहारमा लागू गरेमा उत्पादन गरेका वस्तुलाई बजारिकरण, प्याकेजिङ र लेभलिङमा समेत सस्थाले सहजिकरण गर्ने बताए । साथै यस तालिमले महिला उधमशिलतालाइ सहयाेग पुग्ने बताए ।

ग्रिन फाउन्डेसन नेपाल दाङका उपाध्यक्ष आसा जि.सि.अधिकारीकाे अध्यक्षता तथा ग्रिन फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेकाे प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हाे ।

साे अवसरमा हरियाली मञ्च नेपालका अध्यक्ष शुरेस रावत, समाजसेवि एव उधमि विनाेद शर्मा , डिल्ली डांगि लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमकाे शहजिकरण सचिव जित बहादुर खड्काले गरेका थिए ।

पाँच दिन सम्म चल्ने तालिमा ३० जना महिलाहरुकाे सहभागीता रहेको छ । तालिमकाे पहिलाे दिनकाे प्रशिक्षकमा लाेकराज पन्त रहेका छन ।

गुणस्तरीय , स्वास्थ र स्थानीय उत्पादनका सातु र अचार बजारमा ल्याउने उदेश्यका साथ तालिमकाे आयाेजना गरिएको आयाेजकले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *