दाङ, असोज ३ । लुम्बिनी प्रदेशमा संविधान दिवसको अवसरमा प्रदेश राजधानीमा प्रभात फेरि निकालिएको छ ।
बिहीबार बिहान प्रदेश राजधानी परिसरको मुलगेटबाट सुरु भएको प्रभातफेरिले राजधानी प्रशासनिक केन्द्र परिसर क्षेत्रको परिक्रमा गरेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्ती मगर, मन्त्रीहरु, दल नेता, प्रमुख सचेतक, सचेतक लगायत प्रदेश सभा सदस्य, नागरिक, सुरक्षाकर्मी, विद्यार्थी लगायत ¥यालीमा सहभागित थिए ।
त्यसअवशरमा विभिन्न समुदायको झाँक्रीहरु प्नि थिए । अहिले प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा मुल समारोह चलिरहेको छ ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार
