२०८३ कार्तिक २० गते बिहिवार

बाढीले बगाउँदा दुई जनाको मृत्यु

दाङ, भदौ २४ । रुकुम पश्चिममा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।


जिल्लाको मुसिकोट नगरपालिका – ६ की ३२ बर्षीया निर्मला केसी थापा र मुसिकोट – ४ का ५० बर्षीय सर्जन पुनको स्थानीय रम्भा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।


खोलामा आएको बाढीले आइतबार बेलुका साढे ८ बजेतिर निर्मलाले चलाएको रा ६ प २९६१ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई बगाएको थियो । साँखबारबाट ताँकेवाङ तर्फ फर्किदै गरेका उनीहरुलाई खोलाले बगाएको थियो ।

निर्मला होटेल संचालक हुन भने पछाडि सवार ब्यक्ति उनको होटेलमा आएका ब्यक्ति हुन । उनीहरु होटेलमा मासु सकिएपछि लिन भनेर गएको प्रहरीलेले बताएको छ ।


मध्य पहाडी लोकमार्ग अन्तरगत मुसिकोट वडा नं. ६ र ७ जोड्ने रम्भा खोलामा बगेका मध्य निर्मलाका शब घटनास्थल भन्दा झन्डै तीन सय मिटर दक्षिणमा र २० मिटर जति दक्षिणमा पुनको शब संगै मोटरसाइकलसहित सोमबार बिहान फेला परेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ भाद्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *