दाङ, भदौ २३ । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) कारागार चलान भएका छन् ।
रुकुम जिल्ला अदालतमा आइतबार दिउँसो उनी आँफै उपस्थित भएका थिए । त्यसपछि अदालतले उनलाई कारागार चलान गरेको हो ।
३३ वर्ष पहिले केसीलाई साबिक रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । त्यसयता उनी फरारको सूचिमा रहँदै आएका थिए ।
सांसद केसी कारागार चलान भए संगै उनी स्वतह पदमुक्त हुने निश्चित जस्तै भएको छ । अब उनी कारागार चलान भएको बिषय प्रहरीले सभामुखलाई लिखित रुपमा बुझाएको दिन उनको पद स्वतह खारेज हुने कानुनी प्रावधान रहेको छ ।
प्रकाशित मिति : २०८१ भाद्र २३ गते आइतवार