दाङ, भदौ २० । शान्तिनगर गाउँपालिका – ५ काँसीपुरको आदर्श माध्यमिक बिद्यालयका लागि सामाजिक सञ्जालको प्रयोग बाट देश बिदेशवाट लाखौं रकम संकलन भएको छ ।
स्थानीय युवाहरु मिलेर सामाजिक सञ्जालबाट आह्वान गरेपछि बिद्यालयको लागि नौं लाख जति रकम संकलन भएको हो । स्थानीय हरि खड्का युवाले मिलेर सुरु गरेको सहयोग जुटाउने अभियानले सार्थकता पाएको हो ।
सामाजिक सञ्जालमा सक्रिय हरि आँफै ‘रुटिन अफ शान्तिनगर’ नामक पेजका सञ्चालक हुन ।
उनको प्रयासले पहिले पनि सामाजिक कार्यहरुका लागि सहयोग जुटेको थियो । गौ संरक्षण अभियान, छाडा बस्तु चौपायाका लागि घाँस परालको जोहोदेखि शब दाहा निर्माण गर्ने पैंशाको जोहो हरिको प्रयासले संकलन भएको उदाहरण छँदै थियो ।
ब्यक्तिले जोतेका बिद्यालय प्राङगणका तस्बिरहरु हरिले आफ्नो पेजमा राखेर सार्वजनिक रुपमै अपिल गरेका थिए । त्यो देखेरै वडाबासी मात्र नभइ शान्तिनगरबाट अमेरिका लगाएत बिभिन्न देशमा पुगेकाहरुले सहयोग पठाउन थाले । गाउँकै अर्का युवक भूपेन्द्र कँवरले पनि महत्वपूर्ण भूमिका खेले । सरसल्लाह गरि बिद्यालयका शिक्षक चुडामणि केसीको संयोजकत्वमा सहयोग संकलन समिति गठन भएको थियो । तर, देश बिदेशवाट हरि र भूपेन्द्रको खातामा पनि मानिसहरुले सहयोग पठाए ।
झन्डै महिना दिनमै नौं लाख बढी सहयोग जुट्यो । बिद्यालयलाई सात मात्रै चाहिएको थियो । अनि आर्थिक संकलनको अभियान बन्द गरिएको हरि खड्काले बताए । युवाहरुको प्रयासले देश बिदेशवाट रकम संकलन भएपछि अब भने बिद्यालयवाट पैंशा पाइन्छ भन्नेमा डिल्लीबहादुर खड्कापनि ढुक्क भएका छन् ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चक्रबहादुर वलीले हरि खड्का जस्ता अभियान्ताहरुले बिद्यालयको समस्या दुर गरि दिएको भन्दै प्रशंशा गरे ।
कस्ले र किन जोतेका थिए बिद्यालयको प्राङगण ?
गाउँकै पूर्व वडा सदस्य ५० बर्षीय डिल्लीबहादुर खड्काले आँफुले बिद्यालयलाई जग्गा मिलाइ दिए बाफत पाउनु पर्ने सात लाख रुपैंया नपाएको भन्दै असार ११ गते ट्याक्टरले बिद्यालयको आँगन जोतेका थिए ।
बिद्यालय संग जम्मा साढे ३ कठ्ठा मात्रै जग्गा थियो । बिद्यालय परिवार आफ्नो साँघुरो घेरा थोरै भएपनि तन्काउन चाहान्थ्यो । बिद्यालयको प्राङगणसंगैको जग्गा ब्यक्ति बिषेशवाट बिद्यालयको नाममा ल्याउन खड्काले भूमिका खेलेका थिए ।
२०७५ जेठ अन्त्यतिर स्थानीय ६ जना किसानले बिद्यालय संगै मिलेको आफ्नो जग्गामा मकै मासेर साढे २ कठ्ठा जग्गा बिद्यालय प्राङगणसंग मिलेको थियो । त्यसपछि बिद्यालयले ब्यक्तिको जग्गामा तारबार गरेको थियो ।
६ जना किसानले कुल सात लाख एक हजार दुई सय ५० रुपैंयामा अढाइ कठ्ठा जग्गा बिद्यालयलाई बिक्री गरेका थिए । तर, बिद्यालय संग बिद्यालयलाई तिर्ने पैंशा नै थिएन । सरकार संग गुहार माग्ने सोचले काम भएको थियो ।
जग्गा ब्यबस्थापनको समन्वय गरेका डिल्लीबहादुरले भने जग्गा धनिहरु संग एक दुई महिना भित्रै सात लाख रुपैंया बिद्यालयवाट दिलाउने सर्त गरेका थिए । बिद्यालयको आग्रहमा खड्का ब्यक्तिगत जमानी बसेका थिए ।
तर, जग्गा धनीलाई बिद्यालयले तोकेको समयमा पैंशा दिन नसकेपछि जग्गा धनी खड्काको घरमै आउन थालेका थिए । त्यसपछि खड्काले ब्यक्तिगत रपमा ऋण खोजेरै २०७५ माघ सात गते सात लाख एक हजार दुई सय ५० रुपैंया जग्गा धनी सबैलाई एकमुष्ट बुझाएका थिए ।
एकाध महिनाको लागि मात्रै भनेर बिद्यालयलाई गरेको सहयोग खड्काले सात बर्षसम्म पनि नपाएपछि प्राङगण जोतेका थिए । पाउनु पर्ने पैंशा नपाएकै कारण ब्यक्तिले बिद्यालयको जग्गा जोतेपछि स्थानीय हरि खड्का लगाएतले सहयोग जुटाउने अभियान सुरु गरेका थिए ।
सामाजिक सञ्जालमा सक्रिय हरि आँफै ‘रुटिन अफ शान्तिनगर’ नामक पेजका सञ्चालक हुन । उनको प्रयासले पहिले पनि सामाजिक कार्यहरुका लागि सहयोग जुटेको थियो । गौ संरक्षण अभियान, छाडा बस्तु चौपायाका लागि घाँस परालको जोहोदेखि शब दाहा निर्माण गर्ने पैंशाको जोहो हरिको प्रयासले संकलन भएको उदाहरण छँदै थियो ।