२०८१ भाद्र २८ गते शुक्रवार

अभियान्ताहरुले गरे सामुुदायिक वनमा वृक्षारोपण


बेलझुण्डी ,साउन २६ । रुपान्तरण अभियान दाङले तुुलसीपुर उमपहानगरपालिका वडा नं. १८ स्थित श्री शुुभकोटी सामुुदायिक वनमा सामूहिक वृक्षारोपण गरेको छ ।

घोराही सव–डिभिजन वन कार्यालयको सहयोग तथा रुपान्तरण अभियान दाङका आयोजनमा शनिवार शुुभकोटी सामुदायिक वनमा सामूहिक वृक्षारोपण गरिएको हो । रुपान्तण अभियान दाङले उक्त सामुुदायिक वन क्षेत्रमा विभिन्न प्रजातीका करिव एकहजार बोटबिरुवा वितरण गरी रोपण गरेको हो ।


अभियानका संयोजक गिरिराज नेपालीको अध्यक्षता तथा तुुलसीपुुर उपमहानगरपालिका मेयर टीकाराम खड्का प्रमुख आतिथ्यतामा एवं तुुलसीपुर उपमहानगरपालिका वडा नं. १८ वडा सदस्य धनबहादुर बस्नेतको विशिष्ट आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

वृक्षारोपण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खड्काले पर्यावरण संरक्षण दायित्वबोध आम नागरिकले गर्नुुभएको बताएका थिए ।

मानविय व्यवहारका कारण प्राकृतिक दोहन र संरक्षण अभावको समस्या र चुनौती देखा पर्दै गइरहेकाले पर्यावरण सरक्षणका लागि सबैले लाग्नुुपर्ने बताए ।

आजको विरुवा रोपन भोलीको वृक्षारोपण भोली सुरक्षित भविष्य रहेकाले भोलीका लागि आज पर्यावरण जोगाउनुुपर्ने दायित्व रहेको उनको भनाई थियो । कार्यक्रमको सहजीकरण अभियानका महासचिव कपिल लामिछाने गरेका थिए ।

प्रकाशित मिति : २०८१ साउन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *