तुलसीपुर, साउन १९ ।राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षामा ‘गोरखा सेकेन्डरी स्कुल तुलसीपुर’ले ब्यबस्थापन संकायमा दाङमा उत्कृष्ट नतिजा ल्याएको छ ।
स्कूल परिवारले त्यस्तो दाबी गरेको हो ।
स्कुलका ब्यबस्थापन संकाय प्रमुख डम्बर डाँगीका अनुसार गोरखा तुलसीपुरबाट कोमल केसीले ३ दशमलब ८५ जीपीए अंक प्राप्त गरेका छन् । जो जिल्लाकै सर्बौउत्कृष्ट अंक मानिएको छ ।
यसअघि पनि गोरखा तुलसीपुर लगातार दुई बर्ष जिल्लामा उत्कृष्ट अंक ल्याउन सफल थियो ।
विद्यालयले लगातार तीन बर्षसम्म जिल्लामा उत्कृष्ट अंक ल्याएको दाबी गरिएको छ ।
विद्यालयबाट ब्यबस्थापन संकायमा ‘एप्लस’ ३५ जना, ‘ए’ ग्रेड ल्याउने १२० जना, बी प्लस ५३ जना, ‘बी’ ग्रेड ४ अ्रक जनाले प्राप्त गरेको बिद्यालय प्रशासनले जानकारी दिएको छ ।
त्यस्तै विज्ञान संकायमा ‘एप्लस’मा ५ जना, ‘ए’ १६९ जना, बी प्लस ल्याउने ४६ जना, बी मात्रै ल्याउने १ जना बिद्यार्थी रहेका छन् ।