२०८३ कार्तिक २१ गते शुक्रवार

१३ बर्षीया बालिका बलत्कार गर्ने ३ जना पक्राउ

तुलसीपुर, साउन १६ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुकुम पश्चिम प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको चौरजहारी नगरपालिका –१ का २७ वर्षीय तिलकराज गिरी, २३ वर्षीय रोमन किंग गोसाई र ३७ वर्षीय शिखर भण्डारी रहेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बखतबाहदुर शाहीले बताए ।
। तीन जनाले बालिकालाई चौरजहारी बजारस्थित होटलमा पु¥याएर बलात्कार गरेको आरोप रहेको छ ।

आरोपित तीनै जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको थियो । उनीहरु तीनै जना बिरुद्ध लिखित रुपमै किटानी जाहेरी दिन पीडित बालिका आउन थालेको प्रहरी निरीक्षक शाहीले बताए ।

कक्षा ८ मा अध्यनरत ती बालिकाको गोसाँई संग चिनजान थियो । सोही चिनजानको गलत फाइदा उठाउँदै बालिकालाई झुक्याएर गोसाँइले आफ्नो मोटरसाइकलबाट चौरजहारीस्थित होटेल पु¥याएका थिए ।
होटेलमा पु¥याएपछि बालिकामाथि बलात्कार भएको प्रहरी बताउँछ ।

थप कुराहरु जाहेरी परेपछि सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ साउन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *