दाङ, असार २८ । कास्कीको पोखरामा घरमा पहिरो खसेर सात जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका – १९ तल्नाकोट टाढीमा पहिरोले घर पुर्दा स्थानीय ४६ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुर्दा सात जनाको मृत्यु भएको हो ।
पहिरोले ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार, छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको हो।
बिहीबार राति १० बजे तिर झरेको पहिरोले घर पुरेपछि उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक सबै एकै परिवार र नाता भित्रका हुन ।
प्रकाशित मिति : २०८१ असार २९ गते शुक्रवार