२०८१ असोज ५ गते शनिवार

दाङमा ३ महिनामा ४६ सर्पदंशका घटना, ४ जनाको मृत्यु

तुलसीपुर, असार २७ । दाङमा बितेको तीन महिनामा ४६ जनालाई सर्पले डसेको छ ।

बैशाखदेखि असार २७ गतेसम्म ४६ जनालाई सर्पले डसेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले फरककोणलाई बताए । ती मध्य चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका डिएसपी मल्लले जानकारी दिए । गर्मी याममा बर्षेनी तराइका जिल्लाहरुमा सर्प दंशका घटनाहरु हुने गरेका छन् ।


आवश्यक साबधानी अपनाए सर्पदंशका घटनाबाट जोगिन सकिन्छ ।

प्रकाशित मिति : २०८१ असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *