२०८१ असार ३१ गते आइतवार

मोटरसाइकल दुर्घटनामा ७३ बर्षीया बृद्धा घाइते

तुलसीपुर, असार २४ । दाङको दंगीशरणमा मोटरसाइकल दुर्घटनामा परि ७३ बर्षीया एक बृद्धा घाइते भएकी छन ।

शान्तिनगर गाउँपालिका – ५ की ७३ बर्षीया नन्दकली खड्का घाइते भएकी हुन । खड्काको टाउको, दुबै हात र अनुहारमा चोट छ । घाइते खड्कालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगंजस्थित नरसिंह होममा रिफर गरिएको छ ।

तुलसीपुरबाट रगैंचा तर्फ जाँदै गरेको रा ७ प ७८६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दंगीशरण – ७ बाँकामा राढे ५ बजेतिर दुर्घथटनामा परेको थियो ।

मोटरसाइक चालक नन्दकलीका छोरा ४७ बर्षीय बेदबहादुर खड्का सामान्ने घाइते भएका छन् ।
उनको दुबै हातमा चोट छ । अवस्था सामान्ने छ । आमाको उपचारमा छोरा आँफै गएका छन् ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *