२०८१ असार ३१ गते आइतवार

बाढीका कारण बैबाङ र रहरपुर जोड्ने झुलुँगेपुलमा क्षति

तुलसीपुर, असार २३ । शुक्रबारदेखिको अबिरल बर्षाका कारण बबई नदीमा आएको बाढीले दंगीशरणको एउटा झुलुङ्गे पुलमा क्षति गरेको छ ।

बाढीका कारण रहरपुर तर्फको पिलर बगाइ सकेको छ । पुलबाट आवात जावात पूर्ण रुपमा बन्द भएको छ ।

दंगीशरण गाउँपालिका – ४ बैबाङ र दंगीशरण – १ रहरपुर जोड्ने झुलुङ्गेपुलमा बाढीले क्षति पु¥याएपछि आवात जावात बन्द हुन पुगेको छ । अबिरल बर्षा पछिको बाढीका कारण झुुलुङ्गे पुललाई बाढीले बगाउने अवस्था देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *