२०८१ भाद्र २३ गते आइतवार

शाह बने तुलसीपुरमा निजी वन दर्ता गर्ने पहिलो व्यक्ति

तुलसीपुर, असार १२ । तुलसीपुर उपमहानगरपलिकाले निजी वन दर्ता प्रक्रिया सुरु गरेको छ ।


तुलसीपुर– ९ का जनार्दन शाहलाई उपमहानगरले जिनी वन दर्ताको प्रमाणपत्र बुधबार प्रदान गरेको छ । यो संगै शाह तुलसीपुर निजी वन दर्ता गर्ने पहिलो व्यक्ति बनेका छन ।

विजौरी सबडिभजिन वन कार्यालयको सिफारिसमा उनलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
नगर प्रमुख टीकाराम खड्काले शाहलाई वन दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन । शाहले ८२३७ दशमलब ४१ वर्ग मिटरको क्षेत्रफलमा १ सय ४१ वटा सालका रुख रोपेका छन् ।

वन ऐन २०७६ र वन नियमावली २०७९ को ब्यबस्था अनुसार स्थानीय स्तरमै निजी वन दर्ताको प्रक्रिया सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगीले बताए ।

प्रकाशित मिति : २०८१ असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *