२०८३ भाद्र १२ गते शुक्रवार

तुलसीपुरमा आजदेखि बिद्यालय खुल्दै, घोराहीमा गर्मी बिदा यथावत

तुलसीपुर, असार ४ । दाङका प्रमुख दुइ पालिका तुलसीपुर र घोराही उपमहानगरले गर्मी बिदा बारे फरक देखिएका छन् ।

तुलसीपुरले आजदेखि बिद्यालयको पठनपाठन सुरु गर्न भनेको छ भने घोराहीले अझैं (पानी नपर्दासम्म) थप दुई दिन गर्मी बिदा कायमै राख्ने निर्णय गरेको छ ।

बाँकेको नेपालगञ्जमा पनि कतिपयले बिहानी कक्षा संचालन गरेका छन् भने कतिपलये गर्मीका कारण बिद्यालय नै बन्द गरेका छन् ।

गर्मीकै कारण पहाडी जिल्ला सल्यानकाका अधिकाँस बिद्यालयपनि बन्द गरिएका छन् । पानी नपरेसम्म सल्यानका बिद्यालयपनि दुई दिन खुल्ने छैनन् ।

चर्कौ गर्मीका कारण तराइका जिल्लाहरुमा सामान्ने जनजीवन प्रभाबित हुँदै आएको छ । त्यसले बालबालिकाको पठन पाठन पनि प्रभावित हुँदै आएको छ । मौसम बिभागले पनि नियमित रुपमा गर्मी बढ्दै गएका कारण तालो हावा चल्ने हुँदा सकभर बाहिर नसस्किन सचेत तुत्याउँदै आएको छ ।

प्रकाशित मिति : २०८१ असार ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *