दाङ, जेठ १ । सल्यानमा फेरि एक श्रीमानले श्रीमतिको हत्या पछि आत्महत्या गरेका छन् ।
मंगलबार राति शिद्धकुमाख गाउँपालिका–४ रतनताल टोलका ३१ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेका छन । श्रीमतीको हत्यापछि रानाले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
बैशाख ३० गते बिहान मात्रै जिल्लाको बनगाड कुपिन्डे नगरपालिका – देउरालीमा २३ बर्षीय कमला बुढाको सुतेकै ठाउँमा धारिलो हतियार प्रहार गरि हत्या पछि उनका श्रीमान ३४ बर्षीय मनोज बुढाले झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक भवानीप्रशाद धमलाले सुत्ने कोठामा श्रीमतीको धारिलो हतियार प्रहार गरि हत्या पछि घर नजिकै रुखमा श्रीमानपनि झुन्डिएर आत्हत्या गरेको अवस्थामा शबहरु फेला परेको जानकारी दिए ।
हत्या गरिएकी महिला १७ दिनकी सुत्केरी हुन ।
केवली रानाले १७ दिन पहिले छोरीलाई जन्मदिएकी थिइन । राना दम्पत्तिका नाबालक दुई छोरा र दुई छोरी छन् ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।