दाङ, बैशाख ३० । सल्यानमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – ४ देउलीकी स्थानीय ३२ वर्षीया कमला बुढा घरको माथिल्लो तलामा धारिलो हतियार प्रहार गरि हत्या भएको अवस्थामा शब फेला परेको थियो ।
उनका ३४ वर्षीय पति मनोज बुढा घर बाहिर दलानमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।
घटनास्थल पुगेका सल्याका प्रहरी प्रमुख डिएसपी नबीन कार्कीले पत्निको हत्या पछि पतिले पनि आत्महत्या गरेको आशंका भइ रहेको बताए ।
कमलाको घाँटी छिनालीको अवस्थामा बेडमै शब फेला परेको प्रहरीले जानकारी दिएको छ । बुढा दम्पत्तिका ९, ७ र ४ बर्षका तीन छोराहरु छन् । आइतबार बिहान पाँच बजेतिर बुवाले नै सुतिरहकी आमा माथि धारिलो हतियार प्रहार गरि हत्या गरेको बयान एक बालकले प्रहरी संग गरेका छन् ।
ती बालकले नै आमाको हत्या पछि गाउँमा खबर गरेका थिए । गाउँले आएपछि प्रहरीलाई खबर गरेका हुन । स्थानीयका अनुसार मनोजको मानसिक सन्तुलन ठिक थिएन । उनले त्यससम्बन्धि औषधि सेवन गर्दै आइरहेका थिए ।