२०८३ असार २७ गते शनिवार

४ युवक मोटरसाइक चोरी आरोपमा पक्राउ

दाङ, बैशाख २९ । चार युवक मोटरसाइकल चोरी आरोपमा पक्राउ परेका छन् ।


बाँके प्रहरीले २४ गते नेपालगंज उपमहानगरपालिका – १८ बिशालनगरबाट भे १० प ५९९५ नम्बरको मोटरसाइकल चोरी गर्दै गर्दा बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका – २ का निर्मल सुनारलाई पक्राउ गरेको थियो ।


बिभिन्न ब्यक्तिका मोटरसाइकल चोरी गरेको आरोपमा हप्ता दिन भित्रै पक्राउ परेका चार जनालाई सार्वजनिक गरिएको छ ।

प्रहरीले बैशाख २७ गते नेपालगंज – १२ कोरियनपुरबाट चोरी भएको भे ३ प ६०८ नम्बरको मोटरसाइकल सोही दिन नेपालगंज – १० मा बर्दिया जिल्लाको गलरिया नगरपालिका – ६ का मनोज रावलले प्रयोग गरेको अवस्थामा पक्राउ गरेको थियो ।

त्यस्तै २८ गते बिहान ४ बजे बाँकेको जानकी गाउँपालिका – ४ बाट भे १ प ३४४७ नम्बरको मोटरसाइकल चोरी भएकोमा त्यो मोटरसाइकल लु ३४ प ७७७ नम्बरको मोटरसाइकलले तानेर लैजाँदै गर्दा बाँकेको खजुर गाउँपालिका – ७ का टुइन्क लष्टर श्रीबास्तब र सोही ठाउँका लक्ष्मण हरिजन पक्राउ परेका थिए ।


जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार क्राउ परेकाहरु बिरुद्ध चोरी कसुरमा अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *