नारायणपुर,बैशाख २९ । नारायणपुर उद्योग वाणिज्य संघको मतगणना सुरू भएकाे छ ।
बिहान ८ बजेदेखि सुरू भएकाे मतदान बेलुका ५ बजे सम्पन्न भएपश्चात मतगणना सुरू भएकाे हाे ।
कुल ४ सय ३२ मतदाता रहेकाेमा ४ सय ६ मत खसेकाे निर्वाचन समितिले जानकारी दिएकाे छ ।
संघकाे निर्वाचनमा संयुक्त व्यवसायी प्यानलबाट अध्यक्ष पदका उम्मेद्वार अनिल बस्नेत, उद्योग उपाध्यक्ष पदका उम्मेदवार बसन्त न्यौपाने, वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार कुलराज खनाल र सचिव पदका उम्मेदवार मिना भण्डारी रहेका छन् ।
त्यस्तै सचेत युवा व्यवसायी प्यानलबाट अध्यक्षमा लिलाधर शर्मा, उद्याेग उपाध्यक्षमा धरमबहादुर बस्नेत, वाणिज्य उपाध्यक्षमा सनतकुमार आचार्य र सचिवमा तिलक भण्डारी रहेका छन् ।
प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
