२०८१ जेष्ठ ५ गते शनिवार

‘सरल, शालिन र निश्कलंक’ बिनिल नेतृत्वको टिमलाई हाम्रो भोट – मतदाता


तुलसीपुर, बैशाख २८ । तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वका लागि नेपाली काँग्रेसले आधिकारिक रुपमा सिफारिस गरेका बिनिल केसीले प्रचार प्रशारको अन्तिम दिन शुक्रबारपनि तुलसीपुरको बसपार्क लगायत बजार क्षेत्रमा घर दैलो अभियान जारी राखेका छन् ।

जहाँ उनले आँफुसहित सम्पूर्ण टिमलाई अत्यधिक बहुमतले बिजयी गराउन सम्पूर्ण उद्योगी, ब्यबसायीलाई आग्रह गरेका छन् । बिनिलले आँफु र आफ्नो टिमलाई बिजयी बनाए उद्योग बाणिज्य संघ संग उद्यमशिलता जोड्ने आफ्नो लक्ष्य प्रस्तुत गर्दै आएका छन् ।


अधिकाँस मतदाताले बिनिल जत्तिको ‘ सरल, शालिन र निश्कलंक ’ बक्तिलाई मत दिइ बिजयी बनाउने वाचा गरेको चुनाव प्रचार प्रशार समितिका संयोजक जगतबहादुर खड्काले जानकारी दिए । नेपाली काँगेस दाङ क्षेत्र नं. ३ का सभापतिसमेत रहेका खड्काले केसी प्यानलको जित लगभग सुनिश्चित भइ सकेको हुँदा मतदातालाई सोही अनुरुप मतदान गर्न आग्रहपनि गरिएको बताए ।

नेपाली काँग्रेसले प्रष्पर्धामा उतारेका बिनिल केसी नेतृत्वको प्यानलमा बाणिज्य उपाध्यक्ष देबबहादुर केसी, उद्योग उपाध्यक्ष हेमेन्द्र खड्का, खुल्ला उपाध्यक्ष खुसलराम शर्मा, महासचिव केशवराज केसी,सचिवमा नविन राई, कोषाध्यक्ष रुपेश शर्मा र सह–कोषाध्यक्षमा दिपेश भण्डारी छन् ।

त्यस्तै एसोसियट सदस्यमा सन्दिपन रिजाल, सदस्यहरुमा शैलेन्द्रकुमार बुढाथोकी, सुवाश अधिकारी, कोमल डिसी –कमल) , तिर्थ डाँगी, माधव बस्नेत, महिला सदस्य निलम बस्नेत र कल्पना बिष्ट उम्मेदवार छन् ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *