तुलसीपुर, बैशाख २७ । तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि हुन लागेको निर्वाचनको रौनक बढ्दै गएको छ ।
मत आफ्नो पक्षमा पार्न टिकट नपाएपछि नेपाली काँग्रेस बाट बिद्रोह गरेका ललितजंग शाह नेतृत्वको गठबन्धन व्यवसायिको प्यानलले चुनावी प्रचारलाई गर्दै आएको छ । काँग्रेसका शाह नेकपा एमाले र माओबादी लगाएत संग गठबन्धन गरि आफ्नै पार्टीका उम्मेदवार बिरुद्ध चुनाबी प्रतिष्पर्धामा उत्रिएका छन् ।
यो प्यानलले पूर्वमा दुधरासदेखि पश्चिममा हंसपुरसम्म मत माग्न दौडधुप गरेको चुनाव प्रचार प्रसार समितिका संयोजक मिनराज वलीले जानकारी दिए ।
बिहानैदेखि राति अवेरसम्म मतदाता भेट्घाटमा यो प्यानल ब्यस्त छ । बिहीबार यो प्यानलले तुलसीपुरको ‘ङ’ लाइनसहित पिपलबोट, अस्पताल रोड लगायतका ठाउँमा मतादातासंग भेटघाट गरेको छ ।
मतादाता भेटघाट अभियान तीब्र बनेको अध्यक्ष पदका उमेदवार शाहले बताए । ‘हामी सबै मतदाताको घरमा पुग्ने कोशिस गरिरहेका छौँ ।’ उनले भने ।’ संघको बैशाख २९ गते हुने निर्वाचन हुँदै छ ।
