२०८१ असार ७ गते बिहिवार

स्वतन्त्र उम्मेदवार वलीको पत्रकार सम्मेलन

तुलसीपुर, बैशाख २७ । तुलसीपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि सचिव पदमा स्वतन्त्र उमेदवारी दिएका चन्दन वलीले मतदाता समक्ष आँफुलाई निर्वाचित गराउन अपिल गरेका छन् ।

तुलसीपुरमा बिहीबार बिहान पत्रकार संगको भेटघाट कार्यक्रममा स्वतन्त्ररुपमा उमेदवार वलीले त्यस्तो आग्रह गरेका हुन ।

वलीले आफु निर्वाचित भए युवालाई स्वदेशमै व्यवसाय गर्ने वातावरण निर्माणका लागि पहल गर्ने आश्वासन बाँडेका थिए ।

बजार व्यवस्थापन, सरसफाई, झन्जटिलो कर प्रणालीलाई व्यवस्थित गराउन पहल गर्ने उनले बाचा गरेका थिए ।
वलीले आफु अहिले सम्म कुनै दलको सदस्यता नरहेको प्रष्ट पार्न चाहेका थिए ।
स्वतन्त्र रहदा कसैको दवाव नहुने र काम गर्न सजिलो हुने उनको दाबी थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *