२०८३ असार २७ गते शनिवार

मलामी गएका खड्का भेरी नदीमा बेपत्ता


दाङ, वैशाख १४ । रुकुम पश्चिममा मलामी गएका एक ब्यक्ति भेरी नदीमा डुबेर बेपत्ता भएका छन् ।
उनको खोजीका लागि गोताखोर परिचालन गरिएको छ ।


जिल्लाको चौरजहारी नगरपालिका –९ का ६१ बर्षीय नारायण खड्का नगरको वडा नं. ३ स्थित रानीसागरस्थित भेरी भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।


बुधबार दिउँसो तीन बजेतिर घर नाताकै मानिसको मृत्यु पछि मलामी गइ चोखी निधिका लागि नुहाउन भनी भेरी नदीमा पसेका खड्का हालसम्म फेला पर्न सकेका छैनन् ।


जिल्ला प्रहरी प्रमुख डिएसपी नबराज पोखरेलले बेपत्ता खड्काको खोजी कार्यका लागि सुर्खेतबाट सशस्त्र प्रहरीका गोताखोर झिकाएर खोजी कार्य भइ रहेको बताए ।


६ जना गोताखोर खड्का डुबेको क्षेत्रमा खोजीका लागि परिचालन गरिएका छन् ।
बेपत्ता खड्का पूर्व शिक्षकसमेत रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *