२०८१ बैशाख २२ गते शनिवार

सल्यानमा एक युवकको हत्या आरोपमा ११ जना पक्राउ


दाङ, वैशाख १३ । सल्यानमा एक युवकको हत्या गरेको आरोपमा ११ जना पक्राउ परेका छन् ।


जिल्लाको कुमाख गाउँपालिका – ६ का २१ बर्षीय बिकास वलीमाथि बैशाख ११ गते छिमेकी गाउँका युवाहरुले कुटपिट गरेका थिए ।


दाउराको चिर्पट लगाएतको आक्रमणबाट गम्भीर घाइते भएका बिकासको उपचारका लागि बाँके तर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्याका प्रहरी प्रमुख डिएसपी नबीन कार्कीले जानकारी दिए ।

घटना अनुसन्धानका क्रममा प्रहरीले ११ जनालाई नित्रन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई बिहीबार म्याद थपका लागि जिल्ला अस्पताल सल्यान लैजान थालिएको डिएसपी कार्कीले बताए ।


पक्राउ परेका युवाहरुको परिचय भने गोप्य नै राखिएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहर सबै नाचगान गर्ने वाहानामा छिमेकी गाउँबाट पुगेका युवाहरु हुन । त्यो दिन बिकासका ठूलो बुवाको छोरीको बिहे थियो ।


छोरी पठाइ सकेपछि पुगेका युवाहरुले दुलहीको माइती घरमा उच्छृङखल गतिबिधि गर्न थालेपछि बिकासले रोक्ने प्रयास गरेका थिए ।
त्यसपछि उनीहरुले बिकासलाई त्यहाँ देखि एकान्त स्थलमा लगेर टाउकोमा लाठी लगाएतले कुटपिट गरेका थिए ।


गम्भीर घाइते बिकासलाई थप उपचारका लागि बाँकेको नेपालजंज तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घटना माथि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *