२०८१ असार ३ गते आइतवार

घोराहीमा ढिस्कोमा पुरिदा दुई बालकको मृत्यु


दाङ, बैशाख २ । दाङको घोराहीमा ढिस्कोले पुर्दा दुई बालकको माटोको मृत्यु भएको छ ।


घोराही उपमहानगरपालिका – ९ कर्मटियाका १२ बर्षीय माधव चौधरी र १२ बर्षकै आशिष चौधरीको माटोको ढिस्कोले पुरिदा मृत्यु भएको हो ।


जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार बबई नदी किनारमा खेल्न गएका चार बालक मध्य तीन जनालाई माटोको ढिस्कोले पुरेको थियो । शरिरको केही अंश पुरिएका अर्का एक बालकलाई भने संगै रहेका बालकले उद्धार गरेका थिए । उनको अवस्था सामान्ने छ ।


आइतबार दिउँसो साढे १ बजे खेल्ने क्रममा उनीहरुलाई ढिस्कोले पुरेको थियो ।
घटना पछि दुई बालक गइ गाउँमा खवर गरेका थिए । गाउँले आएर उद्धार गरि अस्पताल पु¥याइएका मध्य दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।


प्रहरी अधिकारीका अनुसार बबई नदी किनारमा इट्टा भट्टा संचालकले खनेर खाडल बनाएको स्थानमा बालकहरु खेल्न गएका थिए । घटनाबारे अनुसन्धान जारी रहेको एसपी केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *