२०८१ जेष्ठ ५ गते शनिवार

रुटको बिषयलाई लिएर प्रालिका बीचमा तनाब चुलिदै


तुलसीपुर, चैत ३० । रुट प्रमिटको बिषयलाई लिएर तुलसीपुरका यातायात प्रालिहरुका बीचमा तनाब हुन थालेको छ ।

त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालि र तुलसीपुर ट्याक्सी यातायात प्रालिका बीचमा रुट प्रमिटका बिषयलाई लिएर आन्तरिक तनाब सुरु भएको छ ।

यी दुई प्रालिका बीचमा तुलसीपुर– घोराही, तुलसीपुर– हापुरे र नेपालगञ्ज चल्ने सडकमा कति गाडी कस्ले चलाउने भन्ने सवालमा बिबाद सृजना भएको हो । सल्यान रुटमा पनि यस्तै बिबाद देखिएको छ ।


प्रालिहरुका बीचमा नेपालगञ्ज संचालन हुने गाडीहरु हापुरे संचालन गर्न नपाउने र तुलसीपुर– घोराही संचालन हुँदै आएका गाडीहरु नेपालगञ्ज संचालन गर्न नपाउने प्रालिका पदाधिकारीहरुका बीचमा सहमती भएको थियो ।
चैत २२ गते अम्बिकेश्वरी प्रालिको कार्यालयमा अम्बिकेश्वरीका अध्यक्ष घनश्याम बस्नेतको पहलमा त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमकाल र तुलसीपुर ट्याक्सी यातायात प्रालिका अध्यक्ष पवन बुढाथोकीका बीचमा अन्य रुटमा संचालन हुँदै आएका गाडीहरु अर्कौ रुटमा नचलाउने मौखिक सहमति भएको थियो । त्यो सहमति कार्यान्वयन नगरी त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमकाल र तुलसीपुर ट्याक्सी यातायात प्रालिले उलंघन गरेको सरोकारवालाहरु बताउँछन् ।


जसले गर्दा आजकल हाल तुलसीपुर – घोराही सडक खण्डमा प्रत्येक पाँच मिनेटमा त्रिशिद्धेश्वरी राप्ती प्रालिका एक सय बढी गाडी चल्दै आएको भएपनि ट्याक्सी प्रालिले आफ्ना गाडी पठाउन थालेको छ ।


बदलामा ट्याक्सी प्रालिले दैनिक ६० बढी आफ्ना जिपहरु एकलौटी रुपमा चलाउँदै आएको तुलसीपुर– हापुरे रुटमा त्रिशिद्धेश्वरी राप्ती प्रालिले पनि आफ्ना गाडीहरु गुडाउन थालेको छ । नेपालगञ्ज र सल्यानको रुटमा पनि यो समस्या देखिन थालेको यायातात ब्यबसायीहरुले बताउने गरेका छन् ।


तुलसीपुरमा यातायात ब्यबसायी र कर्मचारीका बीचमा तानातान तथा लखेटा लखेटको स्थिति उत्पन्न हुन थालेको छ ।

हरेक बर्ष भदौ महिनामा यहाँका प्रालिहरुले आपसमा कुन रुटमा कस्ले कस्ता गाडी चलाउने भन्ने सहमति गरि गाडीहरु चलाउँदै आएका छन् ।

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *