२०८१ बैशाख १९ गते बुधवार

मुलुकमा स्थायीत्व कायम गर्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ ः कोइराला

दाङ,चैत २९ । नेपाली काग्रेसका नेता शेखर कोइरालाले मुलुकमा स्थायीत्व कायम गर्नका लागि निर्वाचन प्रणलीमा सुधार गर्नु पर्ने बताएका छन् ।

मिश्रीत निर्वाचन प्रणालीका कारण ६÷६ महिनामा सरकार परिवर्तन हुने गरेको र यसले मुलुकमा स्थायीत्व कायम गर्न नसकेको भन्दै काग्रेस नेता कोइरालाले निर्वाचन प्रणालीका बारेमा पुर्नविचार गर्नुपर्ने बेला आएको बताए ।

नेपाली काग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनको घोराहीमा उद्घाटन गर्दै नेता कोइरालाले नेपाली काग्रेस र नेकपा एमाले दुइ ठुला राजनितीक शक्तिका बिच एकता कायम गरी निर्वाचन प्रणलीका बारेमा ठोस कदम चाल्नुपर्ने बेला आएको बताए ।

नेपालको संबिधान २०७२ मा रहेका केही त्रुटीहरु सम्सोधन गर्नुपर्ने भएकाले त्यसका लागि दुई ठुला राजनितिक शक्ति काग्रेस र एमाले एक भएर अगाडी बढ्नु पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *